News अपराध सुरक्षा

टेकनारायण पाण्डेलाई किन राखियो खुंखार अपराधी र तस्करहरुसँगै जेलमा ?

अझै रुन छोडेनन् पाण्डेः श्रीमतीसँग फोन गरे, बोल्न सकेनन्, रोईरहे

टेकनारायण पाण्डेलाई किन राखियो खुंखार अपराधी र तस्करहरुसँगै जेलमा ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १ गतेदेखि बन्दी जिवन विताईरहेका १६ मध्ये नेपाल सरकारका निलम्वित सचिव टेकनारायण पाण्डेलाई खुंखार अपराधी र सुन तस्करसँग राखिएको छ।

पाण्डे रहेको केन्द्रीय कारागार सुन्धारमामा श्रीमती हत्याका अभियुक्त पूर्व डीआईजी रञ्जन कोइराला, निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य अभियुक्त समीरमानसिंह बस्नेत र ३३ किलो सुन तस्करी तथा सोनाम शाक्य हत्याका अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ समेत छन्।

गोरे कारागारको गोलघरमा रहेका कारण उनीसँग भने पाण्डेको भेटघाट हुदैन। पाण्डे रहेको केन्द्र बन्दीगृहमा शरणार्थी प्रकरणकै अभियुक्त टेकनाथ रिजाल, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई र हरिभक्त महर्जन पनि छन्। तर, उनीहरुसँग पनि पाण्डेको भेट हुँदैन।

अन्य कैदीवन्दीसँग भने पाण्डेको हेलमेल हुन्छ। तर, उनी कारणगारमा अहिलेसम्म खुल्न नसकेको कारागार स्रोतले जनाएको छ। कारागारभित्र विरक्तिएका छन् र घरिघरि रोइरहन्छन्। उनले यस विचमा श्रीमतीलाई फोन गरेका थिए। तर, फोनमा उनी बोल्न सकेनन्, वरु रोईरहे। 

असार १ गते अदालतले आदेश सुनाउँदा पनि सवै सबैभन्दा भावुक र धेरै रुने पाण्डे नै थिए। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको आदेश सुनेर पाण्डेले बरर आँसु झारे। कागजको सहाराले उनले आसु पुछेका थिए। धेरै रोएका कारण उनको अनुहार रातोपिरो भएको थियो। उनले हातले अनुहार छोप्ने प्रयार गरेका थिए।

कारागार लाने क्रममा वाहिर निस्कँदा उनको आँखा गाँजा खाए जस्तै देखिएका थिए। पक्राउ पर्दा उनी उपराष्ट्रपति कार्यालयका सचिव थिए। लगत्तै उनलाई सरकारले प्रधानमन्त्री कार्यालयमा सारेर निलम्बन गरेको थियो।

उनी बालकृष्ण खाँण गृहमन्त्री हुँदा २०७८ साउनमा गृहसचिव भएका थिए। उनले मन्त्रीसँग मिलेर सचिवस्तरीय निर्णयबाट पुनः छुट शरणार्थीको विवरण पेस गर्न कार्यदल गठन गरेको र म्याद थप भएपछि थप कार्यादेश दिएको आरोप छ। 

यस्तै मन्त्रिपरिषदबाट प्राप्त भएको प्रतिवेदनसँग मिल्ने अर्कै नक्कली समानान्तर प्रतिवेदन उनी सचिव भएको अवस्थामा बनाइएको पनि आरोप पाण्डेमाथि लागेको छ। 

काठमाण्डौं जिल्ला अदालतले गरेको आदेश बदर नभएसम्म वा दोषी ठहर भए कैद भुक्तान नगरेसम्म उनको बास कारागारमै हुनेछ। उनी जिल्लाको आदेश वदर गर्न माग गर्दै उच्च अदालत जाने सम्भावना भने धेरै छ। 

भुटानी शरणार्थी टेकनारायण पाण्डे

विशेष