News

प्रचण्डलाई लिङदेनको जवाफः तपाईको परिवारका लागि आएको उपलब्धि उल्टाइरहनुपर्छ

प्रचण्डलाई लिङदेनको जवाफः तपाईको परिवारका लागि आएको उपलब्धि उल्टाइरहनुपर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक रुपमा कुनै समस्यामा पर्न लागे भने एउटै कुरा दोहो-याउँछन्– जनताको संघर्षबाट प्राप्त परिवर्तन उल्ट्याउने प्रयास भयो।

देश र जनताको दुहाई दिदै सिंहदरबार हेरेर सोमवार घोषणा गरिएको ‘समाजवादी मोर्चा’ को औचित्य पुष्टि गर्न पनि उनले यही कुरा दोहो-याए। जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन खोजिएकाले त्यसको रक्षाका लागि मोर्चा गठन गरिएको उनको भनाई थियो।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते पहिलो पटक संसद विघटन गरेपछि सुरु भएको मोर्चा गठनको सुत्रधार पूर्वप्रधानमन्त्री बावुराम भट्टराई हुन। तर, उनलाई वाहिर राखेर गठन गरिएको मोर्चामा अहिले संसदभित्रका माओवादी, जसपा र एकीकृत समाजवादी छन् भने संसद वाहिरबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि छ।

अर्ध भुमिगत गतिविधि गरिरहेका विप्लवको मोर्चामा आउने उदेश्य सुरक्षित अवतरण हो भने अन्य दलको उदेश्य नितान्त सिंहदरबारको यात्रा हो भन्दा फरक पर्दैन। ओलीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्ध उभिएका दाहाल, माधव नेपाल र उपेन्द्र यादव नै अहिले मोर्चामा छन्। प्रतिनिधिसभा विघटनपछिको परिस्थिति र भविस्यको सत्ता यात्रालाई छोडेर हेर्ने हो भने यी दलहरुको नत उदेश्य मिल्छ नत सिद्धान्त नै मिल्छ।

माओवादीले माओवाद छोडेको छैन, एकीकृत समाजवादी, माओवाद स्वीकार गर्दैन भने चन्दको पार्टी संसदीय प्रकृयालाई नै फोहारी खेल भन्दै दाहालसँग विद्रोह गरेर खोलीएको हो। उपेन्द्र यादवको एउटै उदेश्य हो– सत्ता।

यस्तो अवस्थामा मोर्चाको औचित्य कसरी पुष्टि गर्ने भन्ने नै माओवादी अध्यक्ष दाहालसँग अन्यौलता थियो। त्यसैले उनले उपलब्धि उल्ट्याउने प्रयास रोक्न मोर्चा बनाएको भन्दै रेडिमेट भाषण गरे। तर, उनले ल्याएको उपलब्धि सहि थियो भन्ने अहिलेसम्म पनि आमजनतालाई लागेको छैन। उनका धेरै उपलब्धि अहिले पनि अधुरो/अपुरै छन्। त्यसैले जनताको नजरमा उनले दिएको उपलब्धी भनेको हत्या, हिंसा र अपराध मात्रै हो भन्ने रहेको जानकारहरु वताउँछन्। अर्कोतर्फ मोर्चामा रहेका अन्य दुई दललाई उनले भन्ने गरेको ‘उपलब्धि’ सँग कोर्षौ परसम्म पनि कतै लिनु दिनु छैन।

त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘देशमा आएको परिवर्तन केही व्यक्ति र तिनका परिवारका लागि मात्र भएको आरोप लगाउँदै जे जे मोर्चा बनाए पनि त्यसलाई उल्ट्याउनुपर्ने’ वताएका छन्।

‘परिवर्तन सकारात्मक भएन र त्यो परिवर्तन केही व्यक्ति, तिनका परिवार र नातागोताका लागि मात्र भयो’, लिङ्देनले मंगलवार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देश र जनताले अहिले जस्तै दुःख पाइरहे भने जे आवरण दिनुहोस्, जे जे मोर्चा बनाउनुहोस्, तपाईंको त्यस्तो महान् उपलब्धि (परिवर्तन) लाई बारम्बार उल्टाइरहनुपर्ने हुन्छ। जबसम्म परिवर्तन जनताका लागि हुँदैन।’ 

समाजवादी मोर्चा राजेन्द्र लिङ्देन

विशेष