News

राष्ट्रिय झण्डाको अपमान गरेका रवि माफी माग्नु भन्दा शुभचिन्तकलाई दोश दिएर उम्किए

राष्ट्रिय झण्डाको अपमान गरेका रवि माफी माग्नु भन्दा शुभचिन्तकलाई दोश दिएर उम्किए

आफु टेलिभिजनमा काम गर्दा अरूका सामान्य गल्तीमा पनि घोक्रो फुलाएर कुटौला झै गर्ने रवि लामिछाने राजनीतिमा आएपछि भने ठाउँ ठाउँमा धरापमा पर्न थालेका छन्।

अहिले उनी उल्टो झन्डा फहराएको विषयमा सामाजिक सञ्जालमा भाइरल छन्। असार २ गते काठमाडौँको टोखा नगरपालिका पार्टीको प्रथम स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रममा उनले चन्द्र सूर्यअंकित झन्डालाई उल्टो पारेर फहराएका थिए।

कार्यक्रम पार्टीको बागमती प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा उल्टो झन्डा फहराएपछि उनको चर्को आलोचना भइरहेको छ। पहिला कसैले झन्डा त्यसैगरी प्रयोग गर्दा रविले संविधान पढेर हप्काएको भिडिओ क्लिप र अहिले उनले उल्टो झण्डा फहराएको क्लिपलाई सँगै जोडेर अहिले भाईरल वनाईएको छ।

तर, यस विषयमा उनले अहिलेसम्म पनि क्षमायाचना गरेका छैनन। वरु, नियतवस होईन भन्दै पन्सिदै हिडिरहेका छन्। कार्यक्रम आयोजक बागमती प्रदेश कार्यालयले सभापतिको उक्त कार्यप्रति क्षमा मागेको छ। लामिछानेले भने चितवनमा एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै शुभचिन्तकलाई दोष दिएर उम्किएका छन्।

‘एउटा कार्यक्रममा जाँदाखेरि कोही सर्वसाधारणले, शुभेच्छुक शुभचिन्तकले फहराउँदै ल्याउनुभएको थियो’ उनले भनेका छन्–‘उहाँले दिनुभयो मैले पनि फहराइहालेँ। त्यो नियतवश होइन।’ आफुले थाहा पाएपछि उक्त झण्डा तत्कालै सुल्टो वनाउन फिर्ता गरेको पनि उनले वताए।
 

रवि लामिछाने

विशेष