News

चट्याङले दुईटा कार पल्टायो, सात जना घाईते

चट्याङले दुईटा कार पल्टायो, सात जना घाईते

बुधबार दिउँसो चट्याङ पर्दा मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौलीमा दुई वटा कार पल्टिएका छन्। दुधौली नगरपालिका–४ मा कार पल्टिँदा ५ जना घाईते भएका छन्।

लक्ष्मीपुर र पचरुखीमा एकसाथ चटयाङ पर्दा उदयपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश वीएवी ५५३९ र प्रदेश ३– ०१–०३२ प ५८६० नं कारहरु अनियन्त्रित भई पल्टिएका स्थानीयले वताए। कार दुर्घटनामा घाईते भएकाहरुलाई उद्धार गरी सिन्धुली अस्पताल र काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएको छ।

सोही चट्याङमा परेर दुई जना स्थानीय पनि घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

विशेष