News

प्रचण्ड, रवि लामिछाने र बालेन्द्र किन जम्मा भए भारतमा ?

प्रधानमन्त्री प्रचण्ड गएपछि रवि र बालेन्द्र पनि भारत पुग्नु संयोग मात्रै हो ?

प्रचण्ड, रवि लामिछाने र बालेन्द्र किन जम्मा भए भारतमा ?

नेपाली राजनीतिका तीन चर्चित नेता भारतमा भेला भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह यति वेला भारतमा छन्।

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज विशेष विमानमार्फत मध्य प्रदेशको इन्दौर पुगेका छन्। उनले त्यहाँको महाकालेश्वर मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष चढाएर पूजा गरेका छन् ।

मध्य प्रदेशको इन्दौरमा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । इन्दौरको फोहोर व्यवस्थापनको विषयमा पनि अवलोकन भ्रमण गर्ने प्रधानमन्त्री दाहालको कार्यक्रम छ।

त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

यता रास्वपाका सभापति रवि लामिछाने हिजै मुम्वई उत्रिएका थिए। उनी पत्निसहित धार्मीक भ्रमणमा रहेको पार्टीका नेताहरुले बताएका छन् । तर, शुक्रवार लामिछाने पनि इन्दौर पुगेको चर्चा छ। आधिकारिक रुपमा त्यस्को पुष्टि भएको छैन।

यसैगरी, मेयर बालेन्द्र साह पनि यतिवेला भारतमै छन्। सहयोगी भुपदेव साहका अनुसार बालेन्द्र पनि ब्यक्तिगत कामले कर्नाटकको राजधानी वैैंगलोर पुगेका हुन। यो सहरलाई भारतको आइटी राजधानीका रुपमा चिनिन्छ। साहका अनुसार बालेन्द्र पिएचडी गर्ने शिलसिलामा वैंगलोर पुगेका हुन। 

‘कलेजले पहिलै देखि बोलाईरहेको थियो, यति वेला डकुमेन्टेसनको काम पनि भएकाले जानु भएको हो’ उनले भने–‘वहाँ आफनो ब्यक्तिगत काममा जानु भएको हो।’ साहका अनुसार बालेन्द्र विहिवार भारत गएका हुन। 

यता, प्रधानमन्त्री दाहाल, रास्वपाका सभापति लामिछाने र बालेन्द्र एकै पटक भारत पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ। धर्म नमान्ने र किरिया गर्न वसेकाहरुको कोरो समेत भत्काउन निर्देशन दिने माओवादी अध्यक्ष दाहाल इन्दौर पुगेर मन्दिर चाहार्दै हिड्नु, केही दिनअघि मात्रै नेपाल आएका विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग गोप्य भेट गरेका लामिछाने उतै पुग्नु र प्रदेश सभाको निर्वाचनमा मतदान नै वहिस्कार गरेका मेयर साह पनि भारतमै हुनुले सर्वत्र शंका वढाएको छ।

विशेष