News

प्रचण्डका भान्जासँग सुटुक्क विवाह गरेर श्रीमान लिएरै जापान पुगिन सोबिता

प्रचण्डका भान्जासँग सुटुक्क विवाह गरेर श्रीमान लिएरै जापान पुगिन सोबिता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सुटुक्कै विवाह गरेकी छिन्। उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् । गृहेन्द्र नाताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका भाञ्जा हुन।

गृहेन्द्रको स्थायी घर चितवन हो। स्रोतका अनुसार सोविता गृहेन्द्रसँग लामो समयदेखि प्रेमसम्बन्धमा थिईन । 

२८ वर्षिया सोविताले गएको मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचन जितेकी हुन् । उनी कानुनकी विद्यार्थीसमेत हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । गृहेन्द्र उनीसँगै रहेको जनाईएको छ। 

सोवितासँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् । 
 

सोबिता गौतम

विशेष