News

जीप भीरबाट पाँचसय मिटर तल खस्दा दुई जनाको मृत्यु

जीप भीरबाट पाँचसय मिटर तल खस्दा दुई जनाको मृत्यु

बागलुङको गलकोटबाट सदरमुकाम जाँदै गरेको जीप आज विहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिहान ८ बजे  ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका– ५ ठूलढुंगामा  दुर्घटना भएको हो। जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी  मदन केसीले बताए। उनका अनुसार कुश्मा नगरपालिका–१ का २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका–१० राङखानी घर भइ बागलुङ नगरपालिका–२ श्रीनगर बस्ने दुर्गा पौडेलको मृत्यु भएको हो।

मार्केटिङमा जाँदै गरेका उनीहरुको शव जीपसँगै पाँच सय मिटर तल खोँचमै रहेको जनाईएको छ। भीर भएका कारण मृतकको शव निकाल्न पनिसमस्या रहेको डिएसपी केसीले बताए। 

विशेष