News खेल

राष्ट्रिय टिमका लागि २००औं खेल खेल्ने खेलाडिको रेकर्ड रोनाल्डोको नाममा

राष्ट्रिय टिमका लागि २००औं खेल खेल्ने खेलाडिको रेकर्ड रोनाल्डोको नाममा

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट २००औं खेल खेल्ने पहिलो पहिलो खेलाडीको किर्तिमान वनाएका छन्। मंगलबार राति युरो छनोटअन्तर्गत समूह ‘जे’ को खेलमा आइसल्यान्डविरुद्ध मैदान उत्रिएसँगै रोनाल्डोले पोर्चुगलको जर्सीमा २००औं खेल पूरा गरेका हुन्।

खेलमा रोनाल्डोलाई गिनिज वर्ल्ड रेकर्ड्सले कीर्तिमानको प्रमाणपत्र दिएको थियो। सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका रोनाल्डोले देशका लागि २० वर्ष खेल्दै सर्वाधिक खेलको कीर्तिमान बनाए।

उक्त खेल सकिन एक मिनेट बाँकी छदा रोनाल्डोले निर्णायक गोल गरे। उनको गोलमा पोर्चुगल १–० गोलले विजयी भएको छ। रोनाल्डोको गोललाई अफसाइड घोषणा गरिए पनि भारमार्फत गोलको मान्यता दिइएको थियो।

खेलको ८०औं मिनेटमा आइसल्यान्डका विलुम्सनले दोस्रो पहेँलो कार्ड पाएर मैदान छाडेका थिए। 
 

क्रिस्टियानो रोनाल्डो

विशेष