मादक पदार्थ सेवन गरी चिर्पटले हानेर श्रीमतीको हत्या

ताप्लेजुङमा एक ब्यक्तिले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन्। सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पटले हानेर श्रीमती निशा राईको हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ ३१ वर्षिया निशा लाई चिर्पटले हानेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुशराम कार्कीले जानकारी दिए ।
मापसे गरेका राईले घरमा श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।