News

यीनै हुन गाई काटेर भोज गर्न, मन्दिर भत्काउन र ढिकुरो फुटाउन निर्देशन दिने प्रचण्ड ?

पुराण भनेको आरोपमा नारायण पोखरेलको हत्या गराउने प्रचण्ड कहिले जान्छन पशुपति र मुक्तिनाथ ?

यीनै हुन गाई काटेर भोज गर्न, मन्दिर भत्काउन र ढिकुरो फुटाउन निर्देशन दिने प्रचण्ड ?

०७९ असोजमा नेकपा माओवादी केन्द्रको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको ‘राष्ट्रिय विज्ञान दिवस कार्यक्रम’ बोल्दै अध्यक्ष पुष्पकमल दाहालले धर्मका नाममा ढुंगा (मुर्ति) पुज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको बताएका थिए।

पेरिसडाँडामा आयोजित उक्त कार्यक्रममा दाहालले तेत्तिसकोटी देवताका नाममा हुने पुजाको विरोध गरे। उनले भनेका थिए– ‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्। जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ।’

यति मात्रै होईन, द्वन्द्व कालमा त धर्मका विरुद्धमा उनका किस्सा धेरै छन्। धर्मलाई विकासको बाधक भन्दै गाई काटेर भोज गर्न तथा किरिया गर्न लाग्दा ढिकुरो फुटाउन निर्देशन दिने माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भने बाटामा हिड्दै गर्दा भेटिएका ढुङ्गालाई समेत लम्पसार परेर ढोग्ने अवस्थामा पुगेका छन्।

भारत भ्रमणमा रहेका दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा शुक्रवार १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएर पुजा गरेका छन् । 

यतिवेला उनी ज्योतिषी विना चल्नै नसक्ने अवस्थामा पुगेका छन् । उनले गत निर्वाचनमा क्षेत्र छनौटमा समेत ज्योतिषीको सहयोग लिएका थिए। शान्तिपुर्ण राजनीतिमा प्रवेश गरेपछि तीन पटक प्रधानमन्त्री भएका दाहाल पद तथा गोपनीयताको सपथ लिँदा समेत ‘ईश्वर’ शब्द उच्चारण गर्न नमानेर ‘जनताका नाममा’ सपथ लिन्थे। तर, उनको त्यो चरित्र बास्तविक होईन भन्ने कुरा पटक पटक उदाङ्गो हुँदै आयो।

उनले ‘साइत हेरेर प्रधानमन्त्रीको उम्मेदवारी दिएको’ तथा प्रधानमन्त्री भएपछि ‘साइत हेरेरै बालुवाटार सरेको’ खबर चर्चामा आएकै हुन। तर, उनको यो वास्तविक्ता देखेर सर्वसाधारण भने आश्चर्य चकित छन् ।

दाहाल तिनै ब्यक्ति हुन जस्को निर्देशनमा ढिकुरो फुटाउने मात्रै गरिएन, माओवादी कार्यकर्ताले ०६० सालमा अछामको विनायकमा कालोसिम्लो मस्टो देवताको मन्दिर भत्काए। मन्दिरमै दिसापिसाब गरेर हिडे। पुराण वाचक पण्डित नारायण पोखरेलको हत्या गरे। विद्यालयमा पुगेर संस्कृत पढाउन बन्द गराए भने संस्कृत विषयको प्रश्नपत्र जलाए।

उनकै निर्देशनमा माओवादी कार्यकतार्ताले धर्म नमान्न उर्दी जारी गर्दै हिडे। तर, जव माओवादी शान्तिपुर्ण राजनीतिमा आयो, त्यसपछि दाहाल आफै भैसी पुजा गर्दै हिडे। ०६६ माघ २९ गते उनले सुनसरीमा पुगेर भैंसीपूजा गरे। उनलाई यो अवस्थामा पुर्याउने ब्यक्ति भने सोलुखुम्बु जुबु घर भई सुनसरीको चतारामा बस्दै आएका कृष्णदास महाराज अर्थात सिद्धबाबा भनिने कृष्णबहादुर गिरी हुन् ।

उनै गिरीको लहैलहैमा लागेर दाहालले भैसी पुजा गरे। दाहाल अव त कुण्डली नदेखाई कुनै कामै नथाल्ने अवस्थामा पुगेका छन् । तर, जनयुद्ध कालमा गरेका कमजोरीका कारण हालसम्म उनी नेपालका मन्दिरहरुमा खासै देखिएका छैनन्। उनी पशुपतिनाथ र मुक्तिनाथ कहिले जान्छन? भन्ने अहिले कौतुहलता वढेको छ। 

यो पनि,

पुष्पकमल दाहाल भैंसीपूजा भैंसी पूजा

विशेष