News

आदिपुरुषको तरंगः बालेन्द्रकी शिक्षा सल्लाहकारले दिईन राजीनामा

आदिपुरुषको तरंगः बालेन्द्रकी शिक्षा सल्लाहकारले दिईन राजीनामा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन्। मेयर साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नियुक्तीको एक वर्षपनि नपुग्दै अर्यालले राजिनामा दिएकी हुन।

महानगरको कार्यपालिका बैठकले गत भदौमा अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो । मेयर साहले लिएका पछिल्ला कतिपय निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएको र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएपछि राजीनामा दिएको अर्यालले बताएकी छिन् ।

साहले पछिल्लो पटक भारतीय चलचित्र आदिपुरूष काठमाडौं महानगर भित्रका हलमा नचलाउन निर्देशन दिएका छन् । अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि संलग्न छन् । उनले सोही विषयमा स्वार्थको द्वन्द्व उत्पन्न भएको बताउँदै राजिनामा दिएकी हुन।

कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी अर्याल टिच फर नेपालमा ५ वर्ष अध्यक्ष भएकी थिइन् । 

बालेन्द्र साह रेशु अर्याल शिक्षा सल्लाहकार

विशेष