News खेल

नेपाललाई ३४० रनको भारीः वेष्ट इण्डिजसँगको खेल जित्न सकस

नेपाललाई ३४० रनको भारीः वेष्ट इण्डिजसँगको खेल जित्न सकस

नेपाललाई इण्डिजसँगको खेल जित्न सकस भएको छ। टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ।

नेपाल विरुद्ध वेष्ट इण्डिजका दुई ब्याटरले शतकीय पारी खेले । सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु कमजोर सावित भएका थिए।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच अआउट गर्नुअघि मायर्सले १ रनमात्र बनाएका थिए।

पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । भने यसअघि १५.३ ओभरमा सन्दीप लामिछानेले तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट बनाए।

४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि दुईपल्ट जीवनदान पाएका पुरने ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे । ४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराए । ४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई भीम सार्कीबाट क्याचआउट गराए ।

इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १६ रनमा अविजित रहे । बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए ।

विशेष