रास्वपाको एक वर्षः कहाँ पुग्यो रोजगारीका लागि गल्ली गल्लीमा स्टिकर टाँस्ने स्किम ?
स्किम दिएर टिक्न नसकेका लामिछानेः बोली फेरेको फे-यै
राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षको यात्रा पुरा गरेको छ। पार्टी स्थापनाको अवसरमा बिहीबार पार्टी केन्द्रीय कार्यालयमा चियापान कार्यक्रममा राखिएको थियो।
कार्यक्रममा प्रमुख दलका नेता, प्रधानमन्त्री, कलाकारससिहतको सहभागिता थियो। राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छोटो समयमै राष्ट्रिय दल बन्न सफल भयो। यद्यपि दल गठन भएको एक वर्ष नपुग्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई अगाडि सारेको यो दल विभिन्न विवादमा पनि परेको छ।
सभापति रवि लामिछाने तथा उनको पार्टीका नेताहरुको गतिविधि र चरित्र हेर्दा जनतामा भ्रम छर्न, झुठो वोल्न र गलत काम गर्न उनीहरु पुराना पार्टीका नेताहरु भन्दा तीन कदम अगाडि देखिएका छन। सर्वप्रथमतः सभापति लामिछानेले चुनावी प्रचारका क्रममा निकालेको ‘रोजगारीको स्किम’ नै झुठको पुलिन्दा सावित भएको छ।
उनले ०७९ मंसिर १ गते चितवनको नारायणी नदी किनारमा भएको चुनावी सभालाई सम्वोधन गर्दै सय दिनमा सय जना युवा–युवतीलाई स्वदेशमा रोजगारी दिन विदेशका गल्लीगल्लीमा स्टिकर टाँस्ने बाचा गरेका थिए।
‘मेरो पनि आज एउटा स्किम लैजानुहोस्, हाम्रो सरकार बन्यो भने एक महिनाभित्र विदेशमा बसेका क्षमतावान सय मानिसलाई यही देशमा त्यही सुविधासहितको रोजगार दिइनेछ’ उनले भनेका थिए–‘विस्तारै अमेरिका, युरोपका गल्लीमा नेपालमा रोजगार पाइन्छ भन्ने पोस्टर टाँसिनेछ। त्यसका लागि म आफैं जानेछु।’
तर, त्यसको तीन महिना पनि वित्न नपाउँदै उनले बोली फेरे। माघ २२ गते पत्रकार सम्मेलन गरेका लामिछानेले विदेशमा वसेर नेपाल फर्किनेका लागि अभियान चलाउन सुझाव आईरहेको भन्दै ‘नेपाल फर्कने अभियान चलाउनै पर्दैन, टिकट काट्ने आउने, के को अभियान ? एअर टिकट बन्द भाछर ?’ भन्दै जवाफ दिए।
विहिवार आयोजित चियापान समारोहमा भने उनले भिडियो जोडेर अफवाह फैलाईएको भन्दै आफनो कुरालाई फेरी सुधार गरेका छन्। ‘कुनै एक प्रसंगमा भनिएको कुरालाई अर्को प्रसंगमा जोडियो भने चै त्यो सान्दर्भिक हुँदैन। भिडियो जोड्दा त त्यो त्यतिमात्रै हेर्दा त त्यो ठ्याक्कै त्यही हो जस्तो लाग्छ। तर, हामीले सरकार चलाएको सय दिनमा देशका, विदेशका पनि चौक चौकमा नेपालमा नै जागिर छ भन्ने कुराको पोष्टर राख्ने कुराबाट हामी विमुख भएका छैनौं।’ उनले भने।
आफुले भनेको कुरा अभियान चलाउन खोज्नेका लागि मात्रै भएको भनाई छ। उनले थपे–‘जहाँसम्म आफै टिकट काटेर आउने भनेको, अभियान चलाएरै आउनु हुनेहरुको सन्दर्भमा भनेको हो मैले। आम नागरिकका सन्दर्भमा होईन।’
रवि लामिछाने