News खेल

दुई पटकको विश्व विजेतासँग आज नेपालको प्रतिस्पर्धा, जीतको आधार मोन्टी देसाई

दुई पटकको विश्व विजेतासँग आज नेपालको प्रतिस्पर्धा, जीतको आधार मोन्टी देसाई

आईसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग क्रिकेट खेल्न लागेको हो।

उक्त खेल नेपाली समय अनुसार अपरान्ह पौने १ वजे हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने पराजित गरेको छ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर हो। यद्यपी वेष्ट इन्डिजका बारेमा केही जानकार भने छ। सन् २०२३ को सुरुआतमा प्रशिक्षक भएर आएका भारतीय नागरिक मोन्टी देसाई नेपाल आउनुअघि वेस्ट इन्डिजकै ब्याटिङ प्रशिक्षक थिए ।

डिसेम्बर अन्त्यमा वेस्ट इन्डिजसँगको सम्झौता सकिएपछि उनी नेपालको प्रशिक्षक बन्न काठमाडौं ओर्लिएका थिए । वेस्ट इन्डिजका खेलाडीहरूबारे देसाई पूर्ण रूपमा जानकार छन । एक समय विश्व क्रिकेटको ‘पावर हाउस’ वेस्ट इन्डिज लगातार दोस्रो पटक विश्वकप छनोटमै खेलिरहेको छ । 

एकदिवसीय वरीयतामा बंगलादेश र अफगानिस्तानभन्दा पछाडि रहेपछि वेस्ट इन्डिज यो प्रतियोगिता खेल्न बाध्य भएको हो ।

देसाई आउनुअघि नेपाल विश्वकप लिग २ को पुछारबाट दोस्रो स्थानमा थियो । तर, १२ मध्ये ११ खेल जित्दै नेपाल लिग २ मा तेस्रो भएर सिधै विश्वकप छनोट खेल्न जिम्बावे पुगेको हो । त्यसपछिको एसीसी प्रिमियर कपमा पनि नेपाल अपराजित रहँदै एसिया कपका लागि छनोट भएको थियो । 

आईसीसी विश्वकप छनोट

विशेष