News

कांग्रेस–एमालेका नेता सत्ता समिकरण फेर्न सकृय, ढल्दैछ प्रचण्ड सरकार ?

कांग्रेस–एमालेका नेता सत्ता समिकरण फेर्न सकृय, ढल्दैछ प्रचण्ड सरकार ?

सरकारको नेतृत्व गरिरहेका तीन दल र संसदीय राजनीतिलाई फोहोरी खेल भन्दै उग्रक्रान्तिकारी वन्न माओवादी फुटाएर नयाँ पार्टी खोलेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर असार ४ गते समाजवादी मोर्चा गठन भएको छ।

नेपाली कांग्रेससहितको सत्ता गठवन्धनका तीन दल उक्त मोर्चामा सहभागी छन्। यसरी गठवन्धनकै दलहरु मिलेर उपगठवन्धन बनाएपछि काग्रेस भने सत्ता सहयात्री दलसँग चिडिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस समेतको सहमतिमा प्रगतिशील विचार राख्नेहरु मिलेर समाजवादी मोर्चा निर्माण गरेको बताए पनि कांग्रेसले यसलाई पचाएको छैन।

मोर्चा गठनका कारण अन्य दलसँग कांग्रेस रिसाएको प्रष्ट देखिन थालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै बेला नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच छलफल हुनुलाई यसै अन्तर्गत हेरिएको छ।

स्रोतका अनुसार कांग्रेस एमालेका नेता भित्रभित्रै संवादमा छन्। यसले सत्तारूढ गठबन्धनभित्र थप अविश्वास बढाएको छ । स्वास्थ्य परीक्षणका लागि भन्दै जेठ ३० मा सिंगापुर गएका देउवाले उतै पनि महत्वपूर्ण राजनीतिक भेटघाट गरेको सत्ता गठबन्धनभित्र आशंका छ ।

यता, यही बेला दाहालले एमालेबाहेकका वाम शक्तिलाई एकत्रित गरी मोर्चा गठन गरेपछि कांग्रेस र माओवादी आपसमा तर्सिएको प्रष्ट देखिन्छ। कांग्रेसमाथि दबाब बनाइराख्न दाहालले यो कदम लिएका हुन् भन्ने कांग्रेस नेताहरूको भनाइ छ ।

यही मौकालाई उपयोग गरेर एमालेका नेताहरु नयाँ समिकरण बनाउन सकृय भएका छन्। एमालेका नेताहरुले कांग्रेसको सवै फ्याक्टरसँग संवाद गरिरहेको छ। देउवा सकारात्मक नभए वा इतर समूह पनि सामेल नभए नयाँ गठबन्धन भरोसायोग्य नहुने भएकाले सबै पक्षसँग संवाद भईरहेको एमालेका एक नेताले वताए।

एमालेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहितसँग संवाद गरेको वताईन्छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र कांग्रेस मिल्ने हो भने सरकार बनाउन चाहिने बहुमत संख्या १ सय ३८ पुग्छ।

दाहालले मोर्चा गठन गरेर संसद्को सत्ता समीकरणको विकल्पलाई साँघुरो बनाउने प्रयास गरेपनि कांग्रेस एमाले नै मिल्ने अवस्था आयो भने आफु खतरामा पर्ने भएकाले प्रधानमन्त्री दाहाल झस्किएको स्रोत वताउँछ।

समाजवादी मोर्चा सत्ता समिकरण

विशेष