News विदेश

टाइटनिक हेर्न गएको पनडुब्बी बेपत्ता, भग्नावशेष नजिकै आवाज सुनियो

टाइटनिक हेर्न गएको पनडुब्बी बेपत्ता, भग्नावशेष नजिकै आवाज सुनियो

टाइटनिकको अवशेष हेर्न एटलान्टिक महासागरमा गएको पनडुब्बी चार दिनदेखि बेपत्ता भएको छ। पाँच यात्री बोकेर आइतबार हिडेको पनडुब्बी १ घन्टा ४५ मिनेटमै सम्पर्क विहिन भएको थियो।

ओसियन गेट कम्पनीले पाकिस्तानी मूलका अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान दाउद, बेलायतका अर्बपति व्यवसायी हामिस हर्डिङ, फ्रेन्च एक्स्प्लोरर पल अनरी नर्जलेट र स्कटल्यान्डका रस भीलाई यात्रामा लगेको थियो।

सोमवार पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको अनुमान गरिएको थियो। सम्पर्क विहिन पनडुब्बीको खोजी भईरहेको जनाईएको छ। क्यानडाको तर्फबाट खोजी कार्यमा संलग्न विमानले सोनार बोयको सहायताले केही आवाज सुनेको जनाएको छ ।

टाइटानिकको भग्नावशेष रहेको ठाउँ नजिकै यो रेकर्ड गरिएको थियो। आवाजहरू लगभग ३० मिनेटको अन्तरालमा रेकर्ड गरिएको थियो । टाइटनिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ४३५ माइल गहिराइमा छ।

सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो । सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो । 

पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाजको भग्नावशेष देखाउनका लागि पर्यटकहरूवाट पठाउन थालिएको थियो । जसमध्येको कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु  २ लाख ५० हजार युरो लिदैँ उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे । तर, सोमवार देखी सो जहाज बेपता छ ।

पनडुब्बी एटलान्टिक महासागर टाइटनिक

विशेष