News

प्रेस चौतारी र एमालेलाई श्रद्धाञ्जली !

प्रेस चौतारी र एमालेलाई श्रद्धाञ्जली !

पाँचथरकी एक महिला पत्रकारले नेकपा एमाले र सुभेच्छुक पत्रकारहरुको संगठन प्रेस चौतारीलाई श्रद्धाञ्जली दिएकी छिन्। ५ वर्षदेखि चौतारीको कार्यसमितिमै रहेर काम गरेकी उनले विहिवार फेसबुकमा लामो स्ट्याटस लेख्दै एमाले र चौतारीलाई श्रद्धाञ्जली दिएकी हुन।

उनले सम्पुर्ण घट्ना विवरण जानकारी हुँदाहुँदा आफुमाथि यौन हिन्सा गर्ने ब्यक्तिलाई संगठनमा भित्र्याएको उल्लेख गर्दै यसको अर्थ चौतारीले हरेक महिलालाई  बलात्कार र यौन हिंसा गर्छ भन्दै आरोप पनि लगाएकी छिन् ।

यस्तो छ फेसबुक स्ट्याटस
सर्वप्रथम त हार्दिक श्रद्धाञ्जली प्रेस चौतारी नेपाल र यो संगठन नेकपा एमालेको सुवेच्छुक संस्था भएकाले नेकपा एमाले प्रति पनि। म विगत पाँच बर्षबाट यस प्रेस चौतारी नेपाल पाँचथरको जिल्ला सदस्य हुँदै हाल जिल्लाको सचिव पदमा रहेको छु र १५ दिन अगाढि मात्र मैले अध्यक्ष रविन्द्र काफ्ले समक्ष राजिनामा पेश गरेकी थिए तर हालसम्म पनि स्वृकित नभएकाले आजकै मितिबाट प्रेस चौतारी नेपाल पाँचथरको सचिवबाट राजिनामा दिएको र अलग भएको जानकारी गराउँदछु ।
 
ममा भएको दुर्ववहारको घटना प्रति सबै अवगत नै हुनुहुन्छ। म प्रेससँग सम्बन्धित भएकाले संगठनमा न्यायका लागि पहल गर्न बारम्बार संगठनको ढोकामा पुगे। झापाका अधिकांश चौतारी आबद्ध व्यक्ति र उद्योग वाणिज्य संघ विर्तामोडमा एमालेबाट आउनुभएका एक जना उप्रेती ज्यूले त तिमी म र चौतारी झापाका के तिवारीसँग बसेर भेटौँ अनि मिलम भन्न सम्म भ्याए। चौतारी पाँचथरकाको त कुरा नगरम । प्रेस चौतारी झापा त सुरूबाटै पिडकको संरक्षण मा थियो । बाँकी केन्द्रमा आए।

अध्यक्ष गणेश बस्नेत ज्यू र हिरा लामाले कार्यालयमा बोलाएर पिडक विरूद्व चौतारी नै मुद्दा लड्छ । त्यस्ता मान्छेलाई कुनै हालतमा संरक्षण गर्नुहुँदैन र चौतारीले गर्दैन भन्नुभएको ताजा छ । तर हिजो मात्र त्यस्ता दुर्ववहार गर्ने अपराधीलाई फुलमाला लगाएर चौतारीमा स्वागत गरेको देख्दा सार्है दया लाग्यो । जिल्लाको सचिव पिडित छिन् तर त्यसै संगठनमा पिडकलाई अविर सहित स्वागत गरिन्छ । थुक्क । 

यति भन्छु। प्रेस चौतारी नेपालले पहिला मुद्दामा पनि नकारात्मक भूमिका खेल्यो भने हाल हिंसामा संलग्नलाई संगठनमा प्रवेश दियो र नैतिकता नभएको संगठन भनेर एमाले निकट प्रेस चौतारीलाई चिने हुने भयो अब। यौन दुव्र्यवहार जस्तो अति घृणित कार्य गर्ने व्यक्तिलाई फुलमाला खादा सहित संगठन÷पार्टीमा प्रवेश गराउनु भनेको कतिसम्मको नैतिक पतन देखिन्छ होला आफै सम्झनुस। प्रेस चौतारी झापाले अब कुन मुखले पत्रकारिता गर्छ होला ? अपराधमा प्रोत्साहन गर्ने हेतुले कि ? नैतिक पतन भएकालाई संरक्षण गर्ने उदेश्यले ? मलाई अब मुख्य डर त त्यस संगठनमा रहेका आदरणीय महिला दिदीबहिनीको इज्जत र आत्मसम्मानको लागिरहेको छ ।

सत्य भन्छु के चौतारी र एमालेले तपाईंलाई सहयोग गर्छ ? सम्झिने अनि पानी छम्किने । मेरा परिवार जो बच्चाबाट सुर्यमा भोट हाल्नुहुन्थ्यो, समस्या सुनाउँदा समेत नसुनेपछि एमालेबाट अलग हुनुभयो । मलाई त पत्रकारिताको यात्रामा न त हिंसा विरूद्व लड्दै गर्दा नै सहयोग गर्याे । त्यसैले तपाईंको उर्जावान समय खेर नफाल्नुहोला । 

अर्काे हिंसा गर्ने मान्छेलाई फुलमाला सहित स्वागत गर्छ भन्नुको अर्थ प्रेस चौतारी नेपाल र पार्टीले हरेक महिलालाई  बलात्कार र यौन हिंसा गर्छ । कुन विश्वास र आधारले यस्ता संगठन र पार्टीमा बस्नुहुन्छ दिदीबहिनिहरू । यस्ता कुकर्म गर्ने मान्छेलाई संरक्षण गर्न खोलिएका संगठन बन्द गरेको राम्रो । र यस्ता संगठनलाई भोट दिएर पत्रकारिताको विकास होइन हिंसाको विकास, बलात्कारको सिकार मात्र हुन्छ । र पार्टीलाई भोट दिए यस्ता भातृ संगठनहरू पालेर बस्छ । र अन्त्यमा अपराधी, हिंसा गर्नेलाई संरक्षण गर्ने यय संगठन प्रति घृणाका साथै श्रद्धाञ्जली ।

प्रेस चौतारी

विशेष