News

साढुदाईलाई साढुभाईले उपहारमा दिए ‘नगरपालिका’: निधिले चलाउँछन् मेयर र अधिकृत

साढुदाईलाई साढुभाईले उपहारमा दिए ‘नगरपालिका’: निधिले चलाउँछन् मेयर र अधिकृत

नयाँ संविधानसँगै आएको संघीयता जनताका लागि ‘बाँदरको पुच्छर लौरो न हतियार’ भने जस्तै भएको छ। संघीयताले सिंहदरबारको अधिकार जनतासम्म पुग्ने भनिएपनि त्यसो हुन सकेको छैन।

गाउँका सिंहदरबार भनिएका स्थानीय तह जनताका लागि नभएर राजनीतिक दलका नेता÷कार्यकर्ता, ठेकेदार, ब्यवासायी र पहुँचवालाका लागि मात्रै भएका छन्। सारमा स्थानीय तह भ्रष्टाचारका अखडा हुन थालेको सर्वसाधारण वताउँछन्।

यतिमात्रै होईन, पछिल्लो समय स्थानीय तहमा कर्मचारीहरुमा पनि अराजक्ता वढेको छ। स्थानीय तह भ्रष्टाचार गर्नकै लागि खुलेका हुन भन्ने मानसिक्ता वनाएका कर्मचारीहरु हाकिम बन्न तँछाडमँछाड गरिरहेका छन। यसको पछिल्लो उदाहरण धनुषाको नगराईन नगरपालिका हो।

कानुनतः उपमहानगरपालिका र महानगरपालिकामा सहसचिव, नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत खटाउने ब्यवस्था छ। तर, स्थानीय तहमा अहिले योग्यता अनुसार नभई आफु अनुकुल प्रशासकिय अधिकृत माग गर्ने चलन छ।

यो प्रवृत्तिले सिनियर कर्मचारीलाई पाखा लगाएर जुनियर कर्मचारी पालिकामा हाकिम हुन थालेका छन् । नगराईनमा लामो समयदेखि कर्मचारीको यही अराजक्ता चलिरहेको छ। यहाँ उपसचिवलाई टिक्न नदिने र फलानो कर्मचारीलाई निमित्त देउ भन्ने चलन थियो।

यसैको फाईदा उठाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नगराईन नगरपालिका आफना साढुभाई रामगुलाम लाल कर्णलाई उपहारमा दिएका छन्। डा. पुस्करकै इच्छा अनुसार यहाँ स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य अधिकृत कर्ण निमित्त प्रमुख प्रशासकिय अधिकृत वनेका छन्।

नगराईनमा सिनियर लेखा अधिकृत रामबाबु साह हुँदाहुँदै भ्रष्टाचारका कतिपय काममा सेटिङ मिलाउन कर्णलाई निमित्त दिईएको कतिपय जनप्रतिनिधि नै वताउँछन्। उनी करिव ८ महिना देखि निमित्त प्रमूख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन्।

संघिय मन्त्रालयमा माओवादी केन्द्रका नेता अमनलाल मोदी मन्त्री नियुक्त भएपछि यो नगरपालिकामा उप –सचिव पठाउने तयारी गरेका थिएन। तर, यसैबीचमा डा. कृष्णहरि पुस्करसचिब भएर आएपछि उनकै आग्रहमा कर्णलाई प्रमूख प्रशासकिय अधिकृतका रुपमा निरन्तरता दिईएको छ।

सचिव डा. कृष्णहरि र कर्ण साढुदाई–साढुभाई हुन। यस विषयमा वुझन खोज्दा मन्त्री मोदी र सचिव पुष्कर सम्पर्कमा आउन चाहाँदैनन्।

यता, कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादव र निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्णलाई कांग्रेस नेता विमलेन्द्र निधिले परिचालन गर्ने गरेका छन्। अख्तियार दुरुपयोग अनुशन्धान आयोगले वडा नम्बर–२ का अध्यक्ष बुलन यादवलाई ७० हजार घुस सहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो।

जानकारी अनुसार निधि, मेयर यादव र निमित्त प्रमूख प्रशासकीय अधिकृत कर्णको मिलेमतोमा अधिकांश विकासिय बजेटमा कमिसन उठाउन उठाउने गरिएको छ। वडा नम्बर ८ वडा अध्यक्ष संजय राउतका अनुसार निधी र यादवले नगरपालिकाका कर्मचारीमै फाटो ल्याएका छन्।

उनीहरु पक्षका कर्मचारीले सेटिङ्गमै कमिसन उठाईरहेको राउतको भनाई छ।
 

नगराईन नगरपालिका

विशेष