News

रास्वपा प्रवेश गरेका अनिलकेशरी शाहले भने– क्षमता देखाउन आएको हुँ

रास्वपा प्रवेश गरेका अनिलकेशरी शाहले भने– क्षमता देखाउन आएको हुँ

पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार आयोजित एक कार्यक्रमकाबीच उनी रास्वपामा प्रवेश गरेका हुन् ।

शाहलाई पार्टी सभापति रवि लामिछानेले दलको लोगो लगाइदिँदै स्वागत गरेका छन् । पार्टी प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । 
केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए ।

शाहले भने नेतृत्व विकासका लागि रास्वपामा प्रवेश गरेको बताएका छन् । रास्वपाले प्रशिक्षण विभाग प्रमुखसहित पार्टीमा स्वागत गरेपछि भएको पत्रकार सम्मेलनमा शाहले आफूले करियर निर्माणमा सिकेको सीप, क्षमता र योग्यतालाई यो पार्टीमा प्रयोग गर्न पाउने भएपछि राजनीतिमा आएको बताए ।

‘आजै यो पार्टीमा प्रवेश गरेको भन्ने होइन । केही समयअगाडि नै म प्रवेश गरेको हुुँ । नेतृत्व विकासका लागि म यो पार्टीमा आएको हुँ’ शाहले भने, ‘मैले ३०÷३१ वर्षमा सिकेकोे सीप, क्षमता देखाउन यहाँ पाउछु भनेर म प्रवेश गरेको छु ।’

बुधबार मात्रै बसुन्धाराबाट बनस्थलीमा केन्द्रीय कार्यालय सारेको रास्वपाको आज पार्टी स्थापनाको सन्दर्भमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ ।
 

अनिल केशरी शाह

विशेष