News

बालेन्द्रको आरोपः सरकार र अदालत भारतको गुलाम भए

बालेन्द्रको आरोपः सरकार र अदालत भारतको गुलाम भए

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकार र अदालत भारतको गुलाम भएको आरोप लगाएका छन्।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि बालेन्द्रले यस्तो आरोप लगाएका हुन।

अदालतले आदेश दिएको केहीबेरमा सामाजिक सञ्जाल फेसबुकमार्फत बालेन्द्रले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् । 

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ’ उनले लेखेका छन्–‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

बालेन्द्रको उक्त निर्णयमा बुधवार सरकारले समेत प्रतिक्रिया जनाएको छ। सरकारले बालेन्द्रले आफनो क्षेत्राधिकार मिचेर स्टन्ट गरेको आरोप लगाएको छ।

विशेष