News

रविको चियापानमा गएनन् बालेन्द्र, गगन–विश्वप्रकाशले पनि भाउ नदिएपछि नेताहरु खिन्न!

रविको चियापानमा गएनन् बालेन्द्र, गगन–विश्वप्रकाशले पनि भाउ नदिएपछि नेताहरु खिन्न!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार चियापानको आयोजना गर्यो। त्यहाँ सभापति रवि लामिछानेले पत्रकारसँग कुरा गर्दै धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन्द्र साहलाई पार्टीमा जोड्न सके असाध्यै राम्रो हुने बताए।

‘हर्क र बालेनलाई जोड्न सके त राम्रो हुन्थ्यो। त्यस्ता साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो’ उनले भने–‘त्यो त हाम्रो चाहना छँदैछ। अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनुभयो भने हाम्रो तर्फबाट त हामी एक सय प्रतिशत सकारात्मक छँदैछौँ नि।’

उनले हर्क र बालेन्द्रसँग सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताए। ‘चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म सघाउने कुरामा निरन्तरता दिएकै जस्तो लाग्छ। त्यो आफैंमा एउटा राम्रो संकेत बन्न सक्यो र त्यो हुन सकेछ भने हाम्रो लागि चाहिँ खुसीको कुरा हुन्छ।’– उनले भने।

तर उनले वढाई चढाई गरेका काठमाडौंका मेयर बालेन्द्र भने लामिछानेको चियापानमै सहभागि नभएको पाईएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराई, मन्त्री, नेता, सांसद, कलाकार, बुद्धिजीवी सवै गएको चियापानमा बालेन्द्र किन गएनन् भन्ने आम चासो छ।

उनी नगएपछि असन्तुष्ट रहेको हो कि भन्ने आशंका रास्वपाका नेताहरूले गर्न थालेका छन् । ‘काठमाडौंमै भएर पनि आउनु भएन । केही कुराले असन्तुष्ट भएर हो कि’ रास्वपाका एक सदस्यले भने । तर, मेयर बालेन्द्रको सचिवालयले भने नगरसभा र बजेटको तयारीमा रहेका कारण चियापानमा जान नसकेको बताएको छ ।

उसो त कांग्रेसका शीर्ष र चर्चित नेताहरू पनि रास्वपाको चियापानमा पुगेनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेता चियापानमा पुग्ने आशा गरिएपनि उनीहरको उपस्थिती देखिएन। जसपाका अध्यक्ष उपेन्द्र यादव पनि नपुगेको जनाईएको छ।

रास्वपा रवि लामिछाने बालेन्द्र साह

विशेष