श्रीमतीलाई नै न्याय दिन नसकेका पूर्वन्यायाधीशले अदालतमै जुत्ता खाए
![श्रीमतीलाई नै न्याय दिन नसकेका पूर्वन्यायाधीशले अदालतमै जुत्ता खाए](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/06/bhuban.jpg)
न्याय नपाएको भन्दै पूर्वन्यायाधीश भुवन गिरीमाथि श्रीमतीले अदालतमै जुत्ता प्रहार गरेकी छिन्। गरीमाथि श्रीमती आरतीले काठमाडौं जिल्ला अदालतमै जुत्ता हानेकी हुन।
श्रीमान श्रीमतीबीच बैबाहिक बलात्कारको मुद्दा चलिरहेको छ। दुवै जना पेशी बुझन आएका बखत आरतीले श्रीमानलाई जुत्ता हानेकी हुन। त्यसपछि उनलाई प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखेको थियो ।
उनले राज्यले बलात्कारीलाई सेवा गरेको गुनासो गर्दै आँसु वगाईन। उनले भुवन न्यायाधीश छँदै पटक पटक बलात्कारको कुरा उठाउँदै आएकी थिईन। गिरीविरुद्ध आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएपछि भुवनलाई गत चैत २८ गते प्रहरीले पक्राउ गरेको थियो।
कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
यो पनि,
- विवादित कानुनको फन्दामा न्यायाधिश, गिरीविरुद्ध जारी भयो पक्राउ पुर्जी
- बलात्कारको आरोप लगाउने श्रीमती विरुद्ध न्यायाधीशले दिए ‘चोरी’को उजुरी
- न्यायाधिश नै परे विवादित कानुनको फन्दामा !