News

‘कवाडी सचिव’ ले भरिएको सचिवालय भंग गर्न प्रधानमन्त्रीलाई सांसदको सुझाव

‘कवाडी सचिव’ ले भरिएको सचिवालय भंग गर्न प्रधानमन्त्रीलाई सांसदको सुझाव

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘कवाडी सचिव’ ले भरिएको आफनो सचिवालय भंग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।

तीन दिन अघि सांसदले सोधेको प्रश्नको उत्तरपनि प्रधानमन्त्री दिन नसकेको भन्दै त्यस्ता सचिव भएको सचिवालय भंग गर्न उनले सुझाव दिएका हुन। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको सचिवालय फ्रस्टेटेड सचिवहरुको अखडा भएको वताए।

‘प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ । आज प्रधानमन्त्रीले उत्तर दिँदैगर्दा एकजना माननीयले सोधेको उत्तर पनि आएको रहेनछ । यो तीन दिनअघि प्रश्न गरेको हो नि ! उहाँको सचिवालयले तयार गरिदिनु पर्छ कि पर्दैनथ्यो ?’ उनले भने–‘त्यस्तो सचिवालय विघटन गरे हुन्छ । अहिले मन्त्रीहरुले मन नपराएका सचिवहरु त्यहाँ कवाडी थन्क्याए जस्तो थन्क्याउने स्थिति रहेछ । हरेक फ्रस्टेटेड मान्छेहरु थन्काउने भएपछि तिनीहरुले काम गर्छ ? यतातिर ध्यान जान जरुरी छ ।’

राजेन्द्र पाण्डे सचिवालय

विशेष