News बैंकिङ

नबिल बैंकले सुरु गर्यो ‘एनबैंक वेब सेवा’

नबिल बैंकले सुरु गर्यो ‘एनबैंक वेब सेवा’

नबिल बैंकले एनबैंक वेब सुरु गरेको छ । बैंकले नयाँ अनलाइन बैंकिङ सेवा अन्तर्गत यो सुविधा सुरु गरेको हो। 

यो सेवाअन्तर्गत आफ्नो डेस्कटप, ट्याबलेट वा ल्यापटपको प्रयोग गरी प्रतिदिन २० लाख र प्रतिमहिना ५० लाख रुपैयाँसम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सकिने वैंकले जनाएको छ।

एनबैंक वेबको सहयोगले प्रयोगकर्तामैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ। एनबैंक एप (मोबाइल बैंकिङ)मा दर्ता भएका व्यक्तिगत ग्राहकले लगइन गर्न एउटै आइडी र पासवर्ड वा क्युआर कोडको प्रयोग गर्न सक्ने छन्।

‘अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिलनेट साउन ६ गतेदेखि बन्द हुने भएको छ। व्यक्तिगत खाता सञ्चालन गर्नुहुने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नुहुनेछ,’ एनबैंक र अपरेसन्स नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले भने, ‘हाल नबिलनेट प्रयोग गर्ने कर्पोरेट ग्राहकहरूले कर्पोरेटपेमा दर्ता गर्नुपर्नेछ।’

एनबैंक वेबमार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्ने, मुद्दती निक्षेप खोल्ने, मुद्दती निक्षेपविरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सकिने छ। 
 

विशेष