News अर्थ बैंकिङ

विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने

विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत नै बुझ्न सकिने सेवा दिएको छ।

अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफूलाई आएको रेमिटेन्स रकम यसै बैंकमा रहेको खातामा डिपोजिट गर्न सक्नेछन्।

रेमिटेन्स रकम बुझ्न एनआईसी एसीया मोबैंक भित्रको रेमिटेन्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन राखेपछि रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ।

यो सेवापछि ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंकमा उपस्थित हुनु पर्ने र लाईनमा वस्नु पर्ने झन्झट नहुने विश्वास बैंकले लिएको छ।

यस सेवाबाट डिजिटल कारोबारमा आम ग्राहकहरुको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने बैंकले जनाएको छ।

विशेष