News

पोखरामा अन्तर्राष्ट्रिय उडानको नाटकः कति दिन रित्तै ओहोर–दोहोर गर्ला चीनियाँ विमान ?

पर्यटनका नाममा सरकारकै योजनामा पोखरालाई ठमेल वनाउने षडयन्त्र 

पोखरामा अन्तर्राष्ट्रिय उडानको नाटकः कति दिन रित्तै ओहोर–दोहोर गर्ला चीनियाँ विमान ?

चीनको विआरआई परियोजना अन्तर्गत २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको करिव ६ महिना ठप्प भयो। गत जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा अहिले पनि अन्तर्राष्ट्रिय उडानको निश्चितता छैन।

चीनयाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको र पटक–पटक विआरआई परियोजना अन्तर्गत निर्माण भएको भन्दै प्रचार गरिएका कारण यो विमानस्थलमा भारतले खासै चासो दिएन। नयाँ दिल्ली लगायतका भारतका सहरहरूमा उडान गर्न सकिए पोखरामा भारतीय पर्यटकहरूलाई पनि आकर्षित गर्न सकिने नेपालको प्रयास असफल भयो।

निजी क्षेत्रको एउटा नेपाली वायुसेवा बुद्ध एअरले भारतबाट सोझै पोखरा उडान गर्ने प्रयास अघि बढाए पनि त्यसका लागि उसले अनुमति नै पाएन। अन्तर्राष्ट्रिय उडानका लागि गरिएको आग्रह भारतले स्विकार नगरेपछि अन्य देशबाट समेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। अझै कहिलेसम्म यो अवस्था रहने भन्ने पनि टुंगो छैन। त्यसैले विमानस्थल निर्माणको औचित्यमाथि नै प्रश्न उठेको छ।

अरबौं रुपैयाँ ऋणमा डुबेर बनाएको विमानस्थलका विषयमा प्रश्न उठ्न थालेपछि सत्ताले जनतालाई बेवकुफ बनाउन नयाँ नाटक मञ्चन गरेको छ। चीनसँगै अनुरोध गरेर बुधबार बिहान चीनको छेन्दुक सहरबाट सिचुवान एयरलाइन्सको एउटा एयरबस अवतरण गराईएको छ।

उक्त विमानबाट पोखरा आएका चिनियाँ पाहुनालाई पोखराका जनताले भब्य स्वागत पनि गरे। ति पाहुना अहिले यतै छन्। तर, उनीहरुलाई लिएर आएको विमान भने रित्तै चिन फर्किको छ। उक्त विमान अव कतिदिनसम्म पोखरामा रित्तै ओहोर दोहोर गर्ला भन्ने प्रश्न खडा भएको छ।

यता, सरकारले पोखरालाई पनि ठमेल अर्थात ‘मिनि चाईना’ बनाउने खेल सुरु गरेको छ। ठमेल अहिले चीनियाँहरको कब्जामा छ। चीनियाँहरुले नेपालमा हुने अनैतिक धन्दा ठमेलबाटै सञ्चालन गर्ने गरेका छन्।

अहिले पोखरालाई पनि सोही अवस्थामा पुर्याउन चलखेल सुरु भएको जानकारहरु वताउँछन्। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवाताल किनारमा ड्रागन रेस फेस्टिभलको आयोजना गरिएको छ।

बुधवार पोखरामा अवतरण भएको चीनियाँ विमानमा आएका लिङजी सहरका नगर प्रमुखसहित ६० जनाको टोली फेस्टिवलमा सहभागि छ। जसका लागि ८ वटा ड्रागन बोट पनि पनि चीनले नै दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शुक्रवार उद्घाटन गरेको फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगीहरुको सहभागिता छ।

चीनियाँहरुको गतिविधिका विषयमा जानकारहरुले भने सरकारकै योजनामा पोखरालाई ठमेल वनाउने प्रयास भएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । ‘चीनियाँहरु जहाँ वस्छन्, त्यो क्षेत्रमा उनीहरुकै कब्जा हुन्छ। उनीहरुले के गर्छन ? कसरी गर्छन भन्ने कुनै टुङ्गो हुँदैन’ राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव भन्छन्–‘त्यसको प्रत्यक्ष उदाहरण ठमेलमा गएर हेर्दा हुन्छ। त्यहाँ वसेका अधिकांश चीनियाँ गैरकानुनी धन्दामा संलग्न छन्।’

विआरआई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ड्रागन रेस फेस्टिभल

विशेष