News

वेहुली लिएर फर्केको जिप दुर्घटना हुँदा ५ जना जन्तीको मृत्यु

वेहुली लिएर फर्केको जिप दुर्घटना हुँदा ५ जना जन्तीको मृत्यु

गोरखामा वेहुली लिएर फर्केको जिप दुर्घटना हुँदा ५ जना जन्तीको मृत्यु भएको छ। १९ जना सवार जिप दुर्घटनामा १२ जना घाइते भएका छन् २ जना सकुशल छन्।

सहिद लखन गाउँपालिका–२ सिलिङमा पोखरी डाँडाबाट जन्ती बोकेर फर्कँदै गरेको प्रदेश ३–०१०२३ नम्बरको जिप दुर्घटनामा परेको हो। घुम्तीबाट जीप २ सय मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ।

मृतक मध्ये ४ जना पुरुष र एक जना महिला छन् । उनीहरुको सनाखत भईसकेको छैन। घाईते १२ जनाको तनहुँको आबुखैरेनीमा उपचार भईरहेको छ। 

दुर्घटना स्थल निकै तल खोंचमा रहेकाले घाइतेहरुको उद्धारमा कठिनाइ भएको थियो।

विशेष