नेपालसँग फाईनलमा पुग्ने एउटा सम्भावना बाँकी, एक खेल हारे यात्रा समाप्त
चार पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग विहिवार फराकिलो अन्तरले पराजित भएपछि नेपाली क्रिकेट टिम खतरामा परेको छ। विश्वकप छनोटको सुपर सिक्समा पुग्ने एउटा सम्भावना बाँकी रहे पनि नेपालसँग अर्को विकल्प भने बाँकी छैन।
बिहीबारको नतिजासँगै नेपाल तालिकाको चौथो स्थानमा झरेको छ। वेस्ट इन्डिजसँग खेल्न बाँकी रहेको नेदरल्यान्ड्सको समान २ अंक भए पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ। नेदरल्याण्ड्स पहिलो खेलमा जिम्बाब्वेसँग ६ विकेटले पराजित भएको थियो।
अब नेदरल्यान्ड्सले तेस्रो खेलमा नेपालसँग प्रतिस्पर्धा गर्ने छ। शनिबार हुने यो खेलमा नेदरल्याण्ड्स विजयी भएमा नेपालको विश्वकप यात्रा समाप्त हुनेछ। तर नेदर्ल्याण्ड नेपाल र वेष्ट इन्डिज दुवैसँग पराजित भएमा नेपाल अन्तिम ६ मा पुग्ने छ।
जिम्बाब्वे र वेष्ट इन्डिजको भने अघिल्लो चरण यात्रा बलियो बनेको छ। यी दुवै टोलीले खेलेका दुवै खेलमा विजयी भएका छन्। यी दुई टोलीबीचको खेल बाँकी छ भने जिम्बाब्वेले अन्तिम खेल अमेरिकासँग खेल्ने छ। अमेरिका तीन खेलमै पराजित भएको छ।
सुपर सिक्समा समूह ए बाट तीन टोली र समूह बी बाट तीन टोली पुग्ने छन्। ए बाट जिम्बाब्वे र वेष्ट इन्डिज सुपर सिक्समा पुग्ने लगभग निश्चित भएपनि अर्को टोली नेपाल र नेदरल्यान्ड्स मध्येबाट छानिने छ।
सुपर सिक्सका खेलपछि शीर्ष दुई टोली भारतमा हुने विश्वकपमा छनोट हुनेछन्।