News

अदालतको आदेश मान्दिन भन्ने बालेन्द्रको पक्षमा संविधानविद् आचार्य

अदालतको आदेश मान्दिन भन्ने बालेन्द्रको पक्षमा संविधानविद् आचार्य

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ प्रकरणमा अदालतको आदेश मान्दिन भनेपछि काठमाण्डौं महानगरपालिकाका मेयर बोलेन्द्र साह अहिले आलोचित छन्। बालेन्द्रको अभिब्यक्तिले संविधानकै उलंघन भएको भन्दै उनलाई कारवाही गर्न र पदबाट हटाउन समेत माग भईरहेको छ।

तर, संविधानविद् भीमार्जुन आचार्य नै बालेन्द्रको पक्षमा उभिएका छन्। भारतीय फिल्म रोकविरुद्ध अदालतले जारी गरेको आदेश मान्दिनँ भन्ने बालेन्द्रको अभिब्यक्तिलमा उनले समर्थन जनाएका छन्। रामायणकी सीता भारतमा जन्मेकी थिइन् भन्ने आशयको संवाद रहेको दाबी गर्दै मेयर साहले गत सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा सबै भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्।

सो निर्णय विरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिट निवेदनको सुनवाइ गर्दै उच्च अदालत पाटनले बिहीबार मात्र त्यसरी फिल्म प्रदर्शनमा रोक लगाउन नपाइने अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मेयर साहले यो देशको सार्वभौमसत्ता र स्वाधीनताको सवाल भएको भन्दै अदालत नमान्ने चुनौती दिएका छन्।

धेरैले बालेन्द्रले राष्ट्रियताका सवालमा लिएको निर्णय जायज भनिरहेका छन् भने एक थरीले अदालत र कानुन नै मान्दिनँ भन्नु संविधानविपरीत भएको भन्दै आलोचना गरिरहेका छन्। 

संविधानविद् आचार्यले भने बालेनकै पक्ष अभिब्यक्ति दिएका छन्। कानुनी राज्यमा अदालतको आदेश मान्दिनँ भन्न नपाइने भएपनि अदालतले पनि आफू केका लागि बनेको हो भन्ने हेक्का राख्नुपर्ने टिप्पणी गरेका छन्। अदालतका धेरै काम÷कारबाही आलोच्य भएको भन्दै उनले ‘कानुनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुँदैन। चित्त नबुझे पनि पालना गर्नुपर्ने बाध्यता रहन्छ। तर अदालतले पनि कानुन, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन्। देश अदालत, कानुन र संविधानका लागि होइन भन्ने हेक्का राख्नुपर्छ। अदालतका धेरै कामकारबाहीहरू आलोच्य छन्।’ लेखेका छन्।

बोलेन्द्र साह भीमार्जुन आचार्य

विशेष