News

खाण प्रकरणले शेरबहादुर र प्रचण्डको सम्वन्ध चिसियो, भेटघाट पातलो

दाहालले मोर्चा वनाएपछि कांग्रेस नेता एमालेसँग नजिक

खाण प्रकरणले शेरबहादुर र प्रचण्डको सम्वन्ध चिसियो, भेटघाट पातलो

संसदको सवैभन्दा ठुलो दल नेपाली कांग्रेसको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छन्। दाहाल कांग्रेस सभापति देउवाको आडभरोसामै नेकपा एमालेसँगको समिकरण फेरेर अहिलेको समिकरणमा आएका हुन।

नयाँ समिकरण बनाउँदा नेताहरुबीच विभिन्न सर्त भए। पहिलो सर्तअनुसार कांग्रेसले नेता रामचन्द्र पौडेललाई राष्ट्रपति वनायो। दोस्रो र महत्वपूर्ण सर्त भनेको प्रधानमन्त्रीमा आलोपालो गर्ने हो। तर, दाहाल आलोपालो गर्ने पक्षमा छैनन्। यसको स्पष्ट संकेत उनले समाजवादी मोर्चा गठन गरेर देखाई सकेका छन्। 

मोर्चामा ५४ जना सांसद छन्। यही संख्या देखाएर अव उनले कांग्रेससँग मोलमोलाई गर्ने आशंका छ। यसो गर्दा कांग्रेस बाटारिने संभावना समेत कम छ। सरकार गठनका लागि तालमेल गर्ने दल नै बाँकी नरहेपछि आफुले जसो भने पनि हुने मान्यताले दाहालले मोर्चा वनाएको कांग्रेस नेताको वुझाई छ।

यतिमात्र होईन, प्रधानमन्त्री दाहालका कतिपय कृयाकलापले कांग्रेसलाई नराम्रो चोट दिएको छ। खास गरी सभापति देउवालाई थला पार्ने गरी भएका क्रियाकलापले दुई नेताबीचको सम्वन्धमै धमिलो पन आएको वताईन्छ। भुटानी शरणार्थी प्रकरणलगायतमा सरकारको नेतृत्व गरेको दलबाटै कांग्रेसलाई बदनाम बनाउने काम भइरहेको र सत्ता हस्तान्तरण हुने कुरामा पनि अविश्वास बढेको भन्दै कांग्रेसका कतिपय नेताहरू सशंकित छन्।

पछिल्ला दिन दाहाल र देउवाबीच पनि भेटघाट समेत पातलिएको स्रोतको दावी छ। निकट नेताहरूका अनुसार खासगरी नक्कली शरणार्थी प्रकरणमा सरकारले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई छानबिन दायरामा तानेपछि देउवा दाहालसँग असन्तुष्ट छन । दाहाल र देउवाबीच सुषुप्त रूपमा रहेको खटपट अहिलेको गठबन्धनको भविष्यसँग जोडिएको छ।

सोही कारण दुवै पक्षले आ–आफ्नो तयारी समेत थालेको स्रोत बताउँछ । दाहालले गठन गरेको समाजवादी मोर्चा त्यही प्रकरण अन्तर्गत वनेको वताईन्छ। कांग्रेसमाथि दबाब बनाइराख्न दाहालले यो कदम लिएका हुन् भन्ने कांग्रेस नेताहरूको भनाइ छ ।

अर्कोतर्फ दाहालसँगको अविस्वासका कारण कांग्रेसका नेताहरु समेत एमालेका नेताहरुसँग छलफलमा जुटेका छन्। चुनावी वर्षमा सरकारको नेतृत्व लिँदा प्रभावकारी काम देखाउन नपाइने तर्क गर्दै कांग्रेस नेताहरूले देउवालाई एमालेसँग मिलेर सरकारको नेतृत्व गर्न सुझाइरहेका छन्।

समाजवादी मोर्चा

विशेष