News

रेशम चौधरीले टिकापुर घटनाबारे प्रश्न सोध्न पत्रकारलाई बन्देज लगाए

रेशम चौधरीले टिकापुर घटनाबारे प्रश्न सोध्न पत्रकारलाई बन्देज लगाए

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टिकापुर घट्ना बारे प्रश्न सोध्न वन्देज लगाएका छ। पार्टीको कार्यक्रममा लागि शनिवार सुर्खेत पुगेका चौधरीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बन्देज लगाएका हुन्।

उनले सुरुमै उही एउटै प्रश्न नसोध्न पत्रकारलाई भने। उनले प्रश्नको उत्तर दिँदा दिँदा थाकेको बताए। ‘मलाई तपाईँहरूले सोध्नै पर्ने प्रश्न भए सोध्नुहोस् म जवाफ दिउँला तर, हामी पटक–पटक त्यही एउटा प्रश्न र त्यही उत्तरबाट आजिद छौँ। तपाईँहरू पनि त्यो प्रश्न नसोध्नुहोस् मलाई पनि त्यसको सयौँ पटक उत्तर दिनुपर्ने बाध्यताको सिर्जना नगर्नुहोस् ।’

त्यसपछि पत्रकारहरूले उनलाई टिकापुर घटनाबारे प्रश्न सोध्दा पनि सोधेनन्। उनले अहिलेसम्म गरिएका स्वागतले आफु हत्यारा नभएको पुष्टि हुने दावी पनि गरे। ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला ? हिसाब गर्ने हो भने पनि मान्छेले अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन् ।’– उनले भने। 

चौधरीले कर्णालीलाई बेच्न अहिलेसम्म बाटो बनाईएको भन्दै अब नागरिक उन्मुक्ति पार्टीले त्यसो गर्न नदिने पनि बताए । उनले ‘सुदूरपश्चिम’ प्रदेशको नाममा पनि आपत्ति जनाए। सुदूरपश्चिम हटाएर थरुहट प्रदेश नाम राखिदिनुपर्ने उनले माग गरे। 
 

रेशम चौधरी

विशेष