News

सरकार ढल्ने गगन थापाको संकेत, एमालेसँग समिकरणको जोडघटाउ

सरकार ढल्ने गगन थापाको संकेत, एमालेसँग समिकरणको जोडघटाउ

भित्रभित्रै नेकपा एमालेसँग सत्ता समिकरणको प्रयास गरिरहेको सरकारको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार ढल्ने र गठबन्धन फेरिने संकेत गरेका छन्।

नेपाली कांग्रेस काठमाडौंमा–४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले चित्त बुझ्ने गरी काम नगरे अहिलेको गठबन्धन फेरिने बताए। गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो नभएको उनको भनाई छ।

‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ। गठबन्धन बन्ने भत्किने भइरहन्छ।’– उनले भने।

बर्तमान गठवन्धनमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने थापाले बताए। कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु पनि गलत भएको थापाको भनाई छ। 

यो पनि,
खाण प्रकरणले शेरबहादुर र प्रचण्डको सम्वन्ध चिसियो, भेटघाट पातलो

विशेष