News

अदालतले अपराधी प्रमाणित गरेका चौधरीलाई आममाफी दिएर मन्त्रीसरहको सुविधा

अदालतले अपराधी प्रमाणित गरेका चौधरीलाई आममाफी दिएर मन्त्रीसरहको सुविधा

तीन तहकै अदालतबाट अपराधी प्रमाणित भएर जन्मकैदको सजाय पाएका टीकापुर हत्याकान्डका योजनाकार रेशम चौधरी राज्यकोष दोहन गर्न लागि परेका छन्। सरकारले आममाफी दिएर उनलाई मन्त्रीभन्दा वढि सुविधा दिएर पालिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीलाई सरकारले संघीय मन्त्रीस्तरको निजी सुरक्षा गार्ड (पीएसओ) को सुविधा दिएको छ । चौधरीको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका असई खटाएको हो । 

यो सुविधा सरकारकै निर्देशनमा दिईएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कलवापुरमा कार्यरत असई गौरीशंकर चौधरी अहिले चौधरीको पीएसओ छन् । प्रदेश मन्त्रीहरूले समेत पीएसओको रूपमा हवल्दार मात्रै व्यवस्था छ ।

तर, चौधरीलाई भने संघीयमन्त्रीसरह पीएसओको सुविधा दिइएको स्रोतको दावी छ। यस विषयमा चौधरीले भने कुनै प्रतिक्रिया दिएका छैनन्। ०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा एसएसपीसहित ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

सोही घटनामा रेशमलाई दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनाईएको थियो । तर, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका थिए । 

रेशम चौधरी

विशेष