News

चीनको सीमानामा सुरक्षाकर्मी नराखेकोमा सांसदले उठाए प्रश्न

चीनको सीमानामा सुरक्षाकर्मी नराखेकोमा सांसदले उठाए प्रश्न

सरकारले उत्तरी सीमा सुरक्षामा वेवास्ता गरेको भन्दै सांसदले सदनमै कुरा उठाएका छन्। जनता समाजवादी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले चीनको सीमाना सरकारले सुरक्षाकर्मी नराखेको वताएका छन्।

प्रतिनिधि सभाको वैठकमा वोल्दै सांसद यादवले आफुहरु हिल्सा नाकामा पुग्दा चीनतर्फ सुरक्षाकर्मी देखिएपनि नेपालतर्फ एक जना पनि सुरक्षाकर्मी नदेखिएको वताए । ‘हामी हिल्सा पुग्दा चीनतर्फ सेना, प्रहरी छन् तर नेपालतर्फ सुरक्षाकर्मी भेटिएन। त्यहाँ बुझ्दा कहिलेकाहीँ मात्र आउने थाहा पायौं। एकछिनपछि मात्र प्रहरीहरू दौडिएर आएका थिए’ उनले भने–‘सिमानामा चौविसै घण्टा सुरक्षाकर्मी बस्नुपर्छ। तर हामीले किन राख्न सकेनौं। हिमाली क्षेत्रमा न्यानो कपडा समेत दिन नसकेर हो कि ?’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली चीन भ्रमण जाने क्रममा हुम्लाको हिल्सा पुगेको तर सीमानामा नेपाली सुरक्षाकर्मी केही समय मात्र बस्ने जानकारी पाएको उनको भनाई छ।
 

विशेष