वाढी–पहिरो पीडितलाई चीनको सहयोग, कनिका जस्तै

पूर्वी पहाडी जिल्लाका बाढी पहिरो पीडितलाई चीन सरकारले सामान्य आर्थिक सहयोग गर्ने भएको छ।
पोखरामा शनिवार ड्रागन बोट रेस फेस्टिभलको समापनमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले बाढी पहिरो पीडितलाई राहत दिने घोषणा गरे। तर, उनले घोषणा गरेको राहत प्याकेज भने खासै ठुलो छैन।
विश्व शक्ति राष्ट्र बन्ने अभियानमा हिडेको खरवौं वजेट भएको देशले वाढी तथा पहिरो पीडितका लागि जम्मा १ करोड ४० लाखको राहत घोषणा गरेको छ। जसमा एक करोड बराबरको राहत सामग्री र ४० लाख नगद उपलब्ध गराउने राजदुतले वताए।
राजदूत सोङ्ले चीन–दक्षिण एशिया आपत्कालीन आपूर्ति भण्डारबाट राहत तथा उद्धार सामग्री सहयोग गर्ने बताए। राजदुतको यो भनाईपछि विश्व शक्ति राष्ट्र चीनले लाजमर्दो प्याकेज घोषणा गरेको भन्दै आलोचना भईरहेको छ।