२६ वर्षपछि इजिप्टमा पहिलो पटक भारतीय प्रधानमन्त्रीको भ्रमण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि इजिप्ट पुगेका छन्। इजिप्टमा २६ वर्षपछि भारतीय प्रधामन्त्रीको भ्रमण भएको हो।
सन् १९९७ पछि भारतीय प्रधानमन्त्रीले इजिप्टको पहिलो भ्रमण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले जनवरीमा नयाँ दिल्लीको भ्रमण गरेपछि महिनौंपछि भारतीय प्रधानमन्त्री मोदीको भ्रमण भएको हो ।
मोदीको यो भ्रमणलाई विश्लेषकहरुले ‘गेम चेन्जर’ भनेका छन्। यो भ्रमण द्विपक्षीय सम्बन्धका लागि महत्वपुर्ण हुने र इजिप्टमा भारतको लगानीमा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको उनीहरुले वताएका छन्।