News

गरिब नेपाल सरकारलाई खर्च गराएर पोखरामा चीनको ‘ड्रागन प्रचार’

गरिब नेपाल सरकारलाई खर्च गराएर पोखरामा चीनको ‘ड्रागन प्रचार’

असार ८ र ९ गते पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सम्पन्न भएको छ। चीनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ‘ड्रागन बोट रेस’ एक हो। ‘डान्बु जी’ भनेर चिनिने ड्रागन बोट रेसलाई चीनमा महत्वपूर्ण उत्सवका रुपमा लिईन्छ।

चाइनिज क्यालेन्डरअनुसार पाँचौं महिनामा भव्य रुपमा मनाईने यो महोत्सव यस पटक नेपालले आयोजना गर्यो। पर्यटन बोर्ड र पोखरा महानगरपालिका यसका मुख्य आयोजक हुन। नेपालले यो महोत्सव आयोजना गर्नुको एउटै मात्र उदेश्य हो– पर्यटन प्रवर्धन।

चीनले यो महोत्सवलाई राष्ट्रपति सि चीन फिङले गत चैतमा घोषणा गरेको ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जिएसई)’ अन्तर्गत भएको दावी गरेको छ। चीनले सहकार्यका लागि आग्रह गरेपछि नेपालमा यो परियोजना छलफलकै क्रममा छ। तर, यसैवेला चीनले भने उक्त परियोजना कार्यान्वयन दावी गरेको हो।

‘ड्रागन बोट रेस फेस्टिभल’ को उद्घाटन पछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले ट्वीट गर्दै भनेका छन्, ‘भगिनी सहर पोखरा र लिन्झीको कला समूहले सिजाङ संस्कृतिको दृश्य भोज प्रस्तुत गरेका छन । यो ड्रागन बोट रेस फेस्टिभलको एउटा महत्वपूर्ण कार्यक्रम हो । यो ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको अर्को जीवन्त कार्यान्वयन हो ।’

चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ भने जीसीआई अहिले अध्ययनकै चरणमा रहेको बताएका छन्। चिनियाँ अधिकारीले यही जेठ २९ मा मात्र चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) र जीसीआईमा सहभागी हुन आग्रह गरेका थिए ।

बेइजिङस्थित जनबृहत् सभाहलमा तिमिल्सिनासँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी) का स्थायी समिति अध्यक्ष चाओ लचीले जीएसआई र जीसीआईमा सहभागिता जनाउन आग्रह गरेका हुन । जीएसआईमा पनि नेपाल सहभागी भइसकेको छैन ।

राजदुतको ट्वीटपछि अन्तर्राष्ट्रिय सम्वन्धका जानकारहरुले भने आलोचना गरेका छन्। नेपाल आयोजक भएर नेपालकै खर्चमा गरिएको कार्यक्रमलाई चीनले स्वामित्व लिन खोज्नु आपत्तिजनक भएको उनीहरुको भनाई छ। ‘नेपालको खर्चमा नेपाल नै आयोजक भई गरेको कार्यक्रम मार्फत कसरी चीनियाँ परियोजना कार्यान्वयन हुन्छ’ उनीहरु भन्छन्।

यस्तै अवस्था रहे कुनै दिन चीनले नेपाललाई आफनो देशको हिस्साको रुपमा घोषणा गर्ने र त्यसलाई पनि स्वीकार गर्नु पर्ने अवस्था आउन सक्ने उनीहरु वताउँछन्।

यो पनि,

पोखरामा अन्तर्राष्ट्रिय उडानको नाटकः कति दिन रित्तै ओहोर–दोहोर गर्ला चीनियाँ विमान ?

ड्रागन बोट रेस फेस्टिभल

विशेष