News

एमालेले छोड्यो, जसपाले समायोः कस्तो छ जसपाको प्रश्तावित विधान ?

एमालेले छोड्यो, जसपाले समायोः कस्तो छ जसपाको प्रश्तावित विधान ?

जनता समाजवादी पार्टीको तीन दिने विधान अधिवेशन आइतबार दिउँसो १ वजेबाट काठमाडौंको प्रज्ञा भवनमा सुरू हुँदैछ। 

अधिवेशनमा केन्द्रीय समितिका ४१०, प्रतिनिधि र पर्यवेक्षक गरी करिब ९०० जनाको सहभागिता रहने छन्। जसपाले पहिलोपटक विधान अधिवेशन गर्न लागेको हो। शनिबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको थियो।

अधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित विधान प्रस्तुत गर्नेछन्। समूह बनाएर विधान मस्यौदामाथि छलफल गर्ने र पारित गरिएसँगै अधिवेशन सकिनेछ। जसपाको प्रश्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखेको छ। यस अघि नेकपा उमालेले आफनो विधामा राखेको यो ब्यवस्था भर्खरै हटाईएको छ।

यो प्रावधान ब्यवहारिक नभएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले वताए । तर, जसपाले ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन नपाउने प्रबन्ध गरेको छ।

पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश÷राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्ष भन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने व्यवस्था पनि प्रस्ताव गरेको छ।
 

विशेष