News विदेश

रुसी सेनामा विद्रोह गरेका यभगेनी प्रिगोजिनले बेलारुसमा शरण लिने

रुसी सेनामा विद्रोह गरेका यभगेनी प्रिगोजिनले बेलारुसमा शरण लिने

रुसी सेनामा सुरु भएको विद्रोह साम्य हुन थालेका छ। विद्रोहको नेतृत्व गरेका वागनर समूहका प्रमुख यभगेनी प्रिगोजिनले विभिन्न सम्झौता गर्दै आफूहरू पछि हट्ने जनाएका छन्।

उनी बेलारुसमा शरण लिएर वस्ने जनाईएको छ। बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको वार्तापछि प्रिगोजिन बेलारूसमा शरण लिन लागेका हुन्।

प्रिगोजिनले शनिबार रूसका दुई सहर आफ्नो नियन्त्रणमा रहेको र सेना मस्कोतर्फ अगाडि बढेको जनाएका थिए। मस्कोतर्फ अगाडि बढेको वागनर समूह बार्तापछि भने बीचबाटै आधार शिविर फर्किएको थियो।

अब लुकाशेन्कोकै मध्यस्ततामा प्रिगोजिन विद्रोह रोकैर बेलारूस शरण लिन तयार रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

विद्रोहमा सहभागी नभएका सैनिकहरूलाई रसियन सेनामा बस्ने कि नबस्ने भन्ने विकल्प दिइने छ। प्रिगोजिनसँग २० वर्षेदेखि चिनजानमा रहेका र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका अत्यन्त निकट रहेकाले लुकाशेन्कोले रूसमा गृहयुद्ध चर्किन नदिन मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका हुन्। 

रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रूसकै विरूद्धमा उत्रिएको हो। प्रिगोजिनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका थिए।

प्रिगोजिन पुटिन जन्मिएको सहर सेन्ट पिटर्सवर्गका हुन्। चोरी मुद्दामा केही समय जेल बसेका उनी सेन्ट पिटर्सवर्गमा ‘हट डग’ बेच्थे। 

यो पनि,
युक्रेनसँग युद्ध लडिरहेको रुसी सेनामा विद्रोह, वाग्नर समूहद्वारा रोस्तोभ–अन–डन सहर कब्जा

विशेष