एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता
कास्कीको मादी गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ। पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ।
गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले ‘अध्यक्षसँग विधुर’ कार्यक्रमअन्तर्गत विपन्न विधुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि बनाएर लागू गर्ने वताए ।
पालिकिाले गोरु संरक्षका लागि पनि कार्यक्रम ल्याएको हलगोरु पाल्ने किसानलाई अनुदान दिने अध्यक्ष गुरुङले वताए ।
पालिकाको आफ्नै पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयले बस सञ्चालन गर्न चाहेमा ५० प्रतिशत अनुदान, हरेक विद्यालयमा कम्प्युटर र छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।
फाईल फोटो।