News खेल

सन्दीप लामिछानेसहित नेपाली क्रिकेट टिमलाई ओलीको खाना खाने निम्तो

सन्दीप लामिछानेसहित नेपाली क्रिकेट टिमलाई ओलीको खाना खाने निम्तो

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई खाना खाने निम्तो दिएका छन्। आईसीसी एक दिवसीय विश्वकपमा सहभागी हुन नपाए पनि नेपाली टोलीको मिहिनेत कमजोर नरहेको भन्दै उनले टोलीलाई नै खाना खाने निम्तो दिएका हुन।

उनले टीमलाई निराश नहुन आग्रह गरेका छन् । एउटा असफलता यात्राको अन्त्य नहुने उल्लेख गरेका ओलीले स्वदेश फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रस्ताव गरेका हुन। नेपाल र नेदरल्यान्ड्सबीचको खेल आफूले लाइभ हेरेको पनि जानकारी दिएका छन् । मिहिनेतलाई जननी र परिणामलाई शीशुको संज्ञा दिँदै ओलीले कहिलेकाहीँ मिहिनेतका बावजुद पनि परिणाम प्राप्त नहुन सक्ने उल्लेख गरेका छन् । 

‘हिजो मैले नेपाली टिम र नेदरल्यान्ड्सबीचको खेल लाइभ हेरेँ । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरेँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ । मिहिनेत जननी हो भने परिणाम शीशु । कहिलेकाहीँ मिहिनेतका बावजुद पनि परिणाम प्राप्त नहुन सक्छ ।यसबाट निराश हुनु हुँदैन । परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मिहिनेत कमजोर थिएन’ उनले भनेका छन्–‘मिहिनेतका लागि धन्यवाद नेपाली क्रिकेट टिम । नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’ 

विशेष