News

श्री एयरको जहाजमा किन आउँछ यति धेरै समस्या, आज पनि आकस्मिक अवतरण

श्री एयरको जहाजमा किन आउँछ यति धेरै समस्या, आज पनि आकस्मिक अवतरण

काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको छ। जहाजमा समस्या देखिएपछि धनगढी नपुगी काठमाडौंमै अवतरण भएको छ। 

श्रीको जहाज आइतबार बिहान ७ः५० बजे उडेको थियो। तर जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए। 

त्यसपछि ८ः २० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ७९ जना यात्रु थिए। उनीहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भइरहेको छ। 

यसअघि जेठ २३ गते उडिरहेको श्री एयरको जहाजको ढोका अचानक आकाशमै खुलेको थियो। धनगढीकै लागि उडेको जहाज ढोका खुलेपछि पुनः काठमाडौं फर्र्कईएको थियो।

भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको जनाईएको थियो। 

यतिमात्रै होईन, पछिल्लो समय श्रीएयरको जहाजमा निकै समस्या आईरहेको छ। गत फागुनमा श्री एउरको एउटा जहाजमा आगो लागेपछि एयरलाइन्सका ८ वटै जहाजको उडान रद्द गरिएको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सवै जहाजको इन्जिन सुरक्षा जाँचका लागि भन्दै उडान रोकेको थियो। 

श्री एयर

विशेष