News

केपी ओली जोडिएको जलहरी प्रकरण अनुशन्धान गर्न अख्तियारको टोली पशुपतिमा

केपी ओली जोडिएको जलहरी प्रकरण अनुशन्धान गर्न अख्तियारको टोली पशुपतिमा

पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोडिएको जलहरी प्रकरणमा अनुशन्धान गर्न खख्तियार दुुरुपयोग अनुशन्धान आयोगको टोली आईवार पशुपतिनाथ मन्दिरमा पुगेको छ।

पशुपतिनाथको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि आयोगको टोली मन्दिरमा पुगेको हो । जलहरी राख्दा अनियमिमता भएको बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

अख्तियारको टोली जहहरीमा जडित सुनको मात्रा नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथमा पुगेको हो । अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे÷नरहेकोलगायत विषयमा परीक्षण गर्ने जनाईएको छ।

जलहरीमा ११ केजी सुन घोटाला भएको आशंका छ। यस विषयमा केही दिनअघि नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रतिनिधि सभामै कुरा उठाएका थिए। सो प्रकरणमा केपी ओलीले भ्रष्टाचार गरेको आरोप लागेपछि नेकपा एमालेका सांसदरु विरोधमा उत्रिएका थिए।

एमालेका सांसदले संसद चल्नै नदिएपछि सर्वदलिय वैठकको निर्णय अनुसार उक्त आरोप रेकर्डबाटै हटाईएको थियो। ०७७ माघ १२ गते पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए।

ओलीले सरकारले ३० करोड रुपैयाँ दिने बताएपछि पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । 
 

जलहरी

विशेष