News राजनीति

आरजु पक्राउ पर्ने चर्चाका बीच किन भेट्दैछन् ओली र गगन थापा ?

आरजु पक्राउ पर्ने चर्चाका बीच किन भेट्दैछन् ओली र गगन थापा ?

नक्कली भुटानी शरणार्थी प्रकरण र समाजवादी मोर्चा गठनपछि सत्ता गठवन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सम्वन्ध विग्रिएको छ। दुवै पार्टीका शीर्ष नेताले विग्रिएको सम्वन्धलाई लिपपोत गरेर राम्रो देखाउने प्रयास गरेपनि उनीहरु सफल हुन सकिरहेका छैनन्।

पछिल्लो समय त सत्ता समिकरण परिवर्तन गर्न भुमिका खेलेको भन्दै कांग्रेस सभापति शेरवहादुर देउवाकी पत्नि आरजु राणा र पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न समेत प्रहरीलाई निर्देशन दिईएका समाचार वाहिरिएका छन्।

यसैगरी,  वजेटमा कांग्रेसले एकलौटी गरेको विषयमा पनि गठवन्धनमा चर्को विरोध छ। माओवादी, नेकपा एस, जसपा सवै पार्टीका सांसदहरुले वजेटको विरोध गरिरहेका छन्। यसरी एकपछि अर्को प्रकरणले सरकार संकटमा परेको देखाईरहेको छ। यही मौका छोपेर नेकपा एमाले भने गठवन्धन तोडड्ने र सत्तामा फर्किने रणनीतिमा छ।

कांग्रेसका इतर समूहका नेताहरू र संस्थापन पक्षका ज्ञानेन्द्र कार्कीसँग एमाले उपाध्यक्ष विष्णु पौडेल, नेता महेश बस्नेतलगायतले छलफल गरिरहेको चर्चा छ । कांग्रेस महामन्त्री गगन थापा र एमाले अध्यक्षन केपी शर्मा ओलीबीच भेटघाटको वातावरण मिलाउन नेताहरुले प्रयास गरिरहका छन्।

यद्यपी कांग्रेस सभापतिले सत्ता गठवन्धनका नेताहरुलाई सरकार ढाल्ने प्रयास कांग्रेसले नगरेको दावी गरेका छन्। सिंगापुरबाट उपचार गराएर शुक्रवार स्वदेश फर्केका देउवालाई गठवन्धनका नेताहरुले शनिवार बालुवाटारमा घेरेर प्रश्नको वर्षा गरेका थिए। देउवाले भने सवैको प्रश्नको एउटै उत्तर दिए– कांग्रेसले सरकार ढाल्ने गतिविधि गरेको छैन।

यो पनि,

भुटानी शरणार्थी सत्ता गठवन्धन

विशेष