सन्दीप लामिछानेलाई अदालत तिरायो क्षतिपूर्तिः घाउचोटको सूविधामा परामर्शको विल

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भर्नु पर्ने भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको छ।
पीडितको पक्षबाट पेस भएको अस्पतालको बिलभर्पाई र मनोवैज्ञानिकसमेतको खर्च अव लामिछानेले तिर्नु पर्ने भएको छ। लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो ।
पीडित भनिएकी किशोरीले सुरुमा सन्दीपबाट क्षतिपूर्तिस्वरुप एकमुष्ट १० लाख र मासिक भरणपोषण ५० हजार पाउनुपर्ने मागसहित जिल्ला अदालतमा निवेदन दिएकी थिइन् । त्यो मागलाई जिल्ला अदालतले अस्वीकार गरेको थियो।
सर्वोच्च अदालतले भने पीडित राहत कोषबाट अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो । सर्वोच्चको सोही आदेशपछि किशोरीका तर्फबाट जिल्ला अदालतमा करिब ३६ हजार रुपैयाँको बिलसहितको अर्को निवेदन दर्ता गराइएको स्रोतले जनाएको छ।
निवेदनमा मनोपरामर्शदातासँग एउटा भिजिटको ३ हजार रुपैयाँका दरले १० वटा भिजिटको ३० हजार र औषधिको ६ हजारको बिल पेश गरिएको स्रोत वताउँछ । यौन हिंसाका घटनामा पीडितलाई घाउचोट लागेको भए तत्काल उपचार गराउन सरकार मातहतको पीडित राहत कोषबाट केही रकम दिन सकिने कानूनी व्यवस्था अनुसार सर्वोच्चले दिएको आदेशपछि किशोरीका तर्फबाट घाउचोटको उपचारको नभई मनोपरामर्श सेवा लिएवापतको बिल पेश गरिएको स्रोतको भनाई छ।
यो पनि,
सन्दीप लामिछाने