News

ज्वाईलाई नाथममा जागिर खुवाउने बाबुराम भट्टराईको सपना अदालतले तुहायो

मन्त्रीले नटेरेपछि प्रधानमन्त्रीलाई दबाब, सर्वोच्चको निर्णयले बन्द भयो ‘ज्वाइँ नियुक्तिको बाटो’

ज्वाईलाई नाथममा जागिर खुवाउने बाबुराम भट्टराईको सपना अदालतले तुहायो

ज्वाईलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा जागिर खुवाउने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सपना सर्वोच्च अदालतले चकनाचुर पारेको छ। भट्टराईले ज्वाइँ जेकेन्द्र श्रेष्ठलाई नाथमको कार्यकारी निर्देशक नियुक्त गराउन न्वारानदेखिको बल लगाएका थिए।

मन्त्री स्तरिय निर्णयवाट नियुक्त हुने कार्यकारी निर्देशकका लागि भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीलाई पटक–पटक दबाब दिएका थिए। भट्टराईको चाहाना मन्त्रिस्तरिय निर्णयबाट नभई मन्त्रिपरिषद्बाट निर्णय गराउनेमा थियो। तर, मन्त्री किराँतीले वास्ता नगरेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसमेतलाई दबाब दिए।

यो विषयमा असार १० गते दाहालले मन्त्री किराँतीलाई पनि बाबुरामका ज्वाइँलाई नियुक्त गर्न आग्रह गरेका थिए । तर, कार्यकारी निर्देशकको राजनीतिक नियुक्तिको विवाद अदालतमा रहेका कारण किराँतीले अझै पनि हिम्मत जुटाउन नसकिरहेका वेला मंगलवार सर्वोच्च अदालतले नै ‘ज्वाइँ नियुक्तिको बाटो’ बन्द गरिदिएको छ । 

न्यायाधीश आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजासले ११ असारमा यसअघि दिएको अन्तरिम आदेश खारेज गर्दै नारदकुमार लुइँटेललाई कार्यकारी निर्देशक बन्ने बाटो खोली दिएको छ। जेठ २४ गते कार्यकारी निर्देशकको भूमिकामा रहेका उपसचिव राजेश उप्रेतीले अवकाश पाएसँगै लुईटेल स्वतः कार्यकारी निर्देशक भएका छन्।

त्यसअघि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यकारी निर्देशक रहेका उप्रेतीलाई फिर्ता गरेर लुईटेललाई नियुक्त गरेका थिए । त्यस विरुद्ध उप्रेतीले अदालतमा गए। अदालतले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशका कारण लुइँटेलको नियुक्ति अदालमा अल्झिरहेको थियो ।

तर, उप्रेतीले अवकाश पाएपछि जेठ २४ गते जारी भएको अन्तरिम आदेश अदालतले पनि खारेज गरिदएको थियो । त्यसपछि लुइँटेलको नियुक्ति सदर भएको छ। भट्टराईले भने यसै बीचमा चलखेल गरेर ज्वाईलाई जागिर खुवाउने योजना बनाएका थिए। भट्टराईका ज्वाइँलाई नियुक्ति दिलाउन एनआरएन नेता भवन भट्टका साझेदार चिरञ्जीवी थापाले चलखेल गरेका थिए। थापाको समूहले नाथमसँग थ्रीस्टार होटल बनाउन भन्दै एउटा भवन भाडामा लिएको छ ।

रवि भवनको उक्त भवन थापाको समूहले उपयोग गर्न सकेको छैन । त्यो समूहले नाथमलाई सम्झौताअनुसार मासिक भाडा पनि झण्डै २ वर्षदेखि तिरेको छैन । थापा भने आफूअनुकूलको कार्यकारी निर्देशक ल्याएर भवनको विषयमा नयाँ निर्णय गराउने खेलमा थिए । थापाले यो भवन तत्कालीन पर्यटनमन्त्री हिसिला यमीले नियुक्त गरेका चुडामणि शर्मा कटट्टेलको समयमा लिएका थिए ।

तर, अदालतको आदेशका कारण अव त्यो बाटो बन्द भएको बताइएको छ । 

डा. बाबुराम भट्टराई नाथम

विशेष