ज्युँदो सर्प घाँटीमा बेरेर बहादुर बन्न खोज्दा एक जनाको मृत्यु
ज्युँदो सर्प समातेर घाँटीमा बेर्दै बहादुर बन्न खोज्दा झापामा एक जनाको मृत्यु भएको छ। घाँटीमा वेर्ने क्रममा सर्पले डसेर उनको मृत्यु भएको हो।
हल्दीबारी गाउँपालिका–३ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशीको सर्पले डसेर मृत्यु भएको हो। उनले आइतबार राति घरमा आएको सर्प पक्रेर घाँटीमा बेरेका थिए । त्यस क्रममा दुवै हातमा सर्पले डस्दा उनको मृत्यु भएको हो।
मादक पदार्थ सेवन गरेका राजवंशीले घाँटीमा बेर्न खोज्दा सर्पले डसेको र उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले वताए।