News

सरकार ढाल्न खोजेको भन्दै देउवालाई -याख-याख्ती पारेपछि...

सरकार ढाल्न खोजेको भन्दै देउवालाई -याख-याख्ती पारेपछि...

आँखाको उपचार गराएर १० दिनपछि स्वदेश फर्केका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिवार सत्ता गठवन्धनका नेताहरुले -याख-याख्ती पारेका छन्।

आफना दाहिने हातका रुपमा रहेका बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाएपछि सभापति देउवा र प्रधानमन्त्री दाहालबीच सम्वन्ध चिसिएको छ। त्यसमाथि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच सत्ता समीकरण फेर्ने गरी संवाद बाक्लिएको सूचना बाहिरिएपछि देउवालाई देउवा घेरावन्दीमा परे।

सिंगापुरमा रहँदा देउवा स्वयमले पनि त्यहीँ राजनीतिक भेटघाट गरिरहेको विषय पनि वैठकमा उठ्यो। ७ दिनका लागि सिंगापुर गएका देउवा १० दिन बसेपछि उनले भेटघाटकै लागि वसाई लम्ब्याएको आशंका छ।

देउवा शुक्रबार मात्रै नेपाल फर्किए। सुरूमा नेताहरूसँग ब्रिफिङ लिएका थिए। शेखर कोईराला र एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरुबीच भेटघाट बाक्लो भइरहेको सूचना पाएका उनले गठबन्धनमा भने ति सवै अस्विकार गरेका छन्।

देउवा शनिबारै प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बालुवाटार गएका थिए। केहीबेर कुराकानी भएपछि बाहिरका हल्लाबारे गठबन्धनलाई यथार्थ जानकारी दिनुपर्ने निष्कर्ष निकालेर ४ बजे बैठक बोलाइएको थियो।

वैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबाहेक सबै नेताहरू पुगे। वैठक सुरु हुने वित्तिकै नेताहरुले सत्ता गठबन्धन भत्काउन भइरहेका प्रयासबारे देउवालाई प्रश्न सोध्न थालिहाले।

‘यो गठबन्धन भत्किन्छ, सरकार बदलिन्छ भनेर एमाले हिँडिरहेको छ, हाम्रो सरकार के हुन्छ? भनेर सोधेको प्रश्नमा देउवाले सरकार ढल्ने कुनै संकेत गरेनन्। डेढ घण्टाको छलफलमा देउवामाथि निरन्तर प्रश्नको वर्षा भयो।

यसक्रममा उनले सिङ्गापुरमा पनि कसैलाई नभेटेको जवाफ फर्काए।  ‘कसैसँग सम्पर्क गरेको छैन, मलाई भेट्न कोही आएको पनि होइन’ उनले भने–‘अनावश्यक हल्ला मात्रै हो।’ देउवाले पार्टीबाट अहिलेको गठबन्धन भत्काउन कुनै गतिविधि नहुने आश्वस्त पारेको नेताहरुले बताएका छन्।

दाहाल नेतृत्वको सरकारबाट एमाले, राप्रपा र रास्वपा बाहिरिएपछि चैत १७ गते कांग्रेस मिसिएको हो। त्यसपछि एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छन्। जनमत पार्टी र दुई स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहसहित सरकारलाई समर्थन दिने सांसद संख्या २६३ छ। 

सत्ता गठवन्धन

विशेष