News

हिसिला यमी ६४ वर्षको उमेरमा वुहारी !

हिसिला यमी ६४ वर्षको उमेरमा वुहारी !

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी श्रीमती हिसिला यमीले आफू ६४ वर्षको भएपछि वुहारी भएको वताएकी छिन्।

नेपाल समाजवादी पार्टीकी नेता समेत रहेकी यमीले आफ्नो जन्मदिनमा ससुराबाट जीवनमै पहिलो उपहार पाएको बताउँदै ससुराको तिलहरी उपहारले आफुलाई वुहारी भएझै लागेको जनाएकी छिन्।

आफू ६४ वर्ष पूरा भएको उपलक्ष्यमा आज ९४ वर्षका ससुराले तिलहरी उपहार दिएको जानकारी नेतृ यमीले तस्बिरसहित दिएकी हुन्। ससुराबाट पाएको उक्त उपहारले आफू बल्ल औपचारिक रूपमा बुहारी भएको पनि उनले उल्लेख गरेकी छन्। 

‘मेरो ९४ वर्षको ससुरा भोजप्रसाद भट्टराईले मेरो ६४ वर्ष पूरा भएको जन्मदिनमा दिएको उपहार तिलहरी। धन्यवाद! जीवनको पहिलो यो उपहारले अब म औपचारिक रूपमा बुहारी भएँ। छोरी त थिएँ नै। दुवै हातमा लड्डु भएन र?’ उनले लेखेकी छिन्।
 

हिसिला यमी

विशेष