News

सांसदलाई ‘पराल चोर’ को आरोप, कारवाही गर्न प्रहरीमा उजुरी

सांसदलाई ‘पराल चोर’ को आरोप, कारवाही गर्न प्रहरीमा उजुरी

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई भगौडा सांसद र पराल चोर भन्दै गालीगलौज गर्ने विरुद्ध प्रहरीमा उजुरी परेको छ। 

सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा टिकटकमार्फत् गालीगलौज गर्ने विरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा उजुरी दिएका हुन् । 

उपेन्द्र साह र रवि व्रन्वाल नामको टिकटक आईडीमा अपलोड गरिएको भिडिओमा सांसद यादवलाई ‘भगौडा सांसद’, ‘पराल चोर’, कुकुर, दलाल जस्ता अपमान जनक शब्द प्रयोग गरी चरित्रहत्या गरिएको उजुरीपत्रमा उल्लेख छ । उक्त भिडियोका कारण समाजमा सांसद यादवप्रति नकारात्मकता बढेको र उनको मान प्रतिष्ठासमेत हनन् भएको जनाईएको छ। 

सांसदमाथि लाञ्छना लगाउने उदेश्यले भिडियो अपलोड गरि भाइरल बनाइएको उल्लेख गर्दै उजुरीमा दोषीहरुलाई हदैसम्म दण्ड सजाय गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा माफी माग्न लगाउन माग गरिएको छ।

‘उपरोक्त आइडी भएको व्यक्तिहरुलाई पत्ता लगाई निजहरु उपर साइबर क्राइमको मुद्दा चलाई विपक्षीहरुलाई हदैसम्मको दण्ड सजाय गरी विपक्षीहरुबाट उक्त भिडियो डिलिट गराई सामाजिक सञ्जालमार्फत माफी मगाई समेत पाउनका लागि यो निवेदन पत्र चढाएको छु ।’– उजुरीमा भनिएको छ।

पराल चोर भगौडा सांसद प्रदीप यादव

विशेष